प्रधानमन्त्री ओलीद्वारा मन्त्रीमण्डल हेरफेर तथा विस्तार, कोको भए मन्त्री ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनर्गठन तथा विस्तार गरेका छन् । रिक्त रहेका मन्त्रालयका लागि उनले मन्त्री नियुक्त गरेका हुन् ।

उर्जा मन्त्रीमा टोपबहादुर रायमाझी, खानेपानी मन्त्रीमा मणि थापा, शहरी विकास मन्त्रीमा प्रभु साह, वन मन्त्रीमा प्रेम आले, सामान्य प्रशासन मन्त्रीमा गणेश ठगुन्ना, श्रम मन्त्रीमा गौरी शंकर चौधरी, युवा तथा खेलकुद मन्त्रीमा दावा लामा, महिला बालबालिका मन्त्रीमा जुली कुमारी महतो, उद्योग राज्यमन्त्रीमा विमला विश्वकर्मा,

पर्यटन मन्त्रीमा भानुभक्त ढकाल, स्वास्थ्य मन्त्रीमा हृदयेश त्रिपाठी, कानून मन्त्रीमा लीलानाथ श्रेष्ठ, भूमिसुधारमन्त्रीमा शिवमाया तुम्बाहाङ्फे, कृषिमन्त्रीमा पद्मा अर्याल, शिक्षा मन्त्रीमा कृष्ण गोपाल श्रेष्ठ नियुक्त भएका हुन् ।

footwear zone

संसद विघटन पछि सात जना मन्त्रीले सामुहित राजीनामा दिएका थिए । युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगडको मन्त्री पद खोसिएको छ ।

You might also like

Comments are closed.