‘गरिमा सुरक्षित पेशागत कर्जा’ योजना, १५ लाखसम्मको जीवन र दुर्घटना बिमा

काठमाडौं । राष्ट्रियस्तरको गरिमा विकास बैंकले कर्मचारीहरुलाई लक्षित गरी ‘गरिमा सुरक्षित पेशागत कर्जा’ लगानी गर्ने भएको छ । यो कर्जा लिने ऋणिले सुविधै सुविधा प्राप्त गर्ने भएका छन् ।  १५ लाख रुपैयाँसम्मको कर्जा लगानी गर्ने गरी बैंकले यो सुविधा ल्याएको हो । १५ लाखसम्मको ऋण लिदा १५ लाख रुपैयाँसम्मको दुर्घटना बीमा र १५ लाख रुपैयाँ सम्मर्क जीवन बीमा सुविधा ऋणिले प्राप्त गर्नेछन् । कर्मचारीले बिनाधितो यो कर्जा लिन सक्ने बैंकले जनाएको छ ।

चाटर्ड एकाउन्टेन्ट (आइक्यानको सदस्यता प्राप्त), डाक्टरहरु (नेपाल मेडिकल काउन्सिलबाट स्वीकृत प्राप्त), इन्जिनियरहरु (नेपाल इन्जिनियरिङ काउन्सिल बाट स्विकृत प्राप्त), शिक्षक (नेपाल सरकारका स्थायी शिक्षक तथा विश्वविद्यालयमा कार्यरत स्थायी प्राध्यापक), बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीमा कार्यरत स्थायी कर्मचारी, नेपाल सरकारका स्थायी कर्मचारी, सार्वजनिक संस्थानमा कार्यरत स्थायी कर्मचारी, लाइसेन्स प्राप्त पाइलटहरुले यो कर्जाको सुविधा प्राप्त गर्न सक्नेछन् ।

किस्ता रकमको २ दशमलव ५० गुना हालको खुद तलबले पुग्ने कर्जा रकम वा अधिकतम १५ लाख रुपैयाँ मध्य जुन कम हुन्छ सोही बरावरको कर्जा रकम ऋणिले प्राप्त गर्न सक्नेछन् । अन्य बैंक तथा वित्तीय संस्थामा कर्जा लिएको भए सो कर्जा भुक्तानी गरी बाँकी रहेका तलवमा मात्र मासिक आयमा गणना गरिनेछ । बैंकले न्युनतम कर्जा सीमा ३ लाख रुपैयाँ तोकेको छ । बैंक तथा वित्तीय संस्थाको खाताको स्टेटमेन्टको आधारमा मात्र आय गणना गरिने बैंकले जनाएको छ ।

footwear zone

न्युनतम ब्याजदरमा कर्जा लगानी गर्ने बैंकले जनाएको छ । यो कर्जाबाट धेरै कर्मचारीहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

कर्मचारीको मासिक आय र कर्जाको सीमा निर्धारण यस्तो छ :

र यो पनि,

घर बनाउँदै हुनुहुन्छ ? गरिमाले ल्याएको छ ‘सजिलो घर कर्जा योजना’

You might also like

Comments are closed.