नेपाल इन्फ्रास्ट्रक्चर बैंकलाई ८ करोड कित्ता आइपिओ निष्काशन गर्न स्वीकृति

काठमाडौं ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंकलाई नेपाल धितोपत्र बोर्डले आइपिओ जारी गर्न स्वीकृति दिएको छ । बैंकले अब हालसम्मकै ठूलो आईपीओ निष्काशन गर्नेछ ।

गत मंसिर पहिलो साता बसेको बैंकको साधारणसभाले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आइपिओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो । बैंकको बिक्री प्रवन्धक एनआइबिएल एस क्यापिटल रहेको छ ।

footwear zone

अधिकृत पूँजी ४० अर्ब रुपैयाँ रहेको बैंकको जारी पूँजी २० अर्ब र चुक्ता पूँजी १२ अर्ब रुपैयाँ छ । शेयर निष्काशन पश्चात बैंकको चुक्ता पुँजी २० अर्ब रुपैयाँ पुग्नेछ ।

You might also like

Comments are closed.