पोखरा । नवलपुर उद्योग वाणिज्य संघ, देवचुली उद्योग वाणिज्य संघ र मध्यविन्दु उद्योग वाणिज्य संघका अध्यक्ष एवं पदाधिकारीहरुलाई लेखनाथ उद्योग वाणिज्य संघले आइतबार स्वागत गरेको छ ।
उक्त कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशको चौथो प्रदेश सभा तथा दोस्रो अधिवेशनबाट निर्वाचित ुभएका जिल्ला तथा नगर उपाध्यक्ष ओम प्रकाश पौडेल र कार्यकारिणी सदस्य धर्म बस्याललाई लेखनाथ उद्योग वाणिज्य संघले बधाई तथा सम्मान गर्दै सफलकार्यकालको शुभकामना दिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित उपाध्यक्ष पौडेलले ने.उ.वा.महासंघ गण्डकी प्रदेश भित्र रहेका समस्या, कार्यक्रम तथा गतिविधिलाई संस्थागत गर्दै अगाडि बढ्ने र गण्डकी प्रेदशमा रहेका उ.वा.संघका समस्यालाई सवैले एकजुट भई हलगर्दै जानुपर्ने बताएका थिए । सबैजनाको एकता र सामुहिक भावनाले आफुले विजय प्राप्त गर्न सफल भएको उनले वताए ।

कार्यक्रममा नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष दासुराज पोख्रेल, देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष रेशमलाल सापकोटा, मध्येबिन्दु उद्योग वाणिज्य संघका अध्यक्ष केदार पराजुली, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकालले लेखनाथ र नवलपुरका सवै उद्योग वाणिज्य संघ सधैब एक आपसमा हातेमालो गर्दै अगाडि बढ्नुपर्नेे र व्यवसायीक हक हितका सवालमा अझ वढि संगठित हुँदै अगाडि वढ्नेमा जोड दिए ।
लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रिय सदस्य एवं गण्डकी प्रदेश प्रतिनिधि बावुराम गिरीले गण्डकी प्रदेशमा रहेका सवै उद्योग वाणिज्य संघ एकजुट भई उद्योगी व्यवसायीका हरेक समस्या समाधानका लागी सवै एकजुट हुनुपर्ने बताउनुभएको उक्त कार्यक्रममा बरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेयले स्वागत गरेका थिए ।
सोहि अवसरमा लेखनाथ उद्योग वाणिज्य संघले देवचुली उद्योग वाणिज्य संघको बन्दै गरेको भवन निमार्ण सहयोगार्थ रु ५०,०००। र संघका पदाधिकारीहरुबाट करिब १ लाख नगद देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष रेशमलाल सापकोटालाई हस्तान्तरण गरेको छ ।




Comments are closed.