ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार दुई अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बोलकबोल प्रक्रियाका माध्यमबाट सो परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ ।

बैंकका अनुसार १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल भने ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको हो । सो बिल आगामी चैत १७ गते परिपक्व हुनेछ । यस्तै रु दुई अर्ब बराबरको ट्रेजरी बिल भने कूल ३६४ दिन अवधिका लागि बिक्री गर्न लागिएको हो । सो बिल भने २०७८ पुस १३ गते परिपक्व हुनेछ ।

footwear zone

बैंकले यसअघि पुस ६ गते पनि ट्रेजरी बिल बिक्री गरेको थियो ।

You might also like

Comments are closed.