जरिवाना तिरेर पुराना फर्म नवीकरण गरिदिन नेउवा संघ गण्डकीको माग

पोखरा । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशले जरिवाना लिएर पुराना प्राइभेट फर्महरु नवीकरण गरिदिन गण्डकी प्रदेश सरकारसँग माग गरेको छ ।

महासंघ गण्डकीका अध्यक्ष संजिवबहादुर कोइरालाको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ तथा यहाँका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्साललाई ज्ञापनपत्र बुझाउँदै सो माग गरेको हो ।

नेपाल सरकारले २०७६ को फागुनमा राजपत्रमा सूुचना प्रकाशित गरी प्राइभेट फर्म रजिष्टे«सन नियमावलीमा संशोधन भएको जानकार गराउँदै विगतमा विविध कारणवाट नवीकरण हुन छुटेका फर्महरु २०७७ साल असारदेखि खारेजी गरिदिएको थियो । फर्महरु खारेजीमा परेपछि व्यवसायहिरुलाई बैंक तथा वित्तिय संस्थावाट लिएका ऋणहरु नवीकरण गर्न ,विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयद्धारा आह्श्वान गरिएका टेण्डर भर्नमा असुविधा भएको थियो । व्यवसायीहरुले विलम्ब शुल्क तिरेर फर्म रजिष्टे«सन नवीकरण गर्न पाउनुपर्ने आवाज उठाएपछि सोही माग लिएर नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष कोइराला, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारी, लेखनाथ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष लक्ष्मी त्रिपाठी, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका उपाध्यक्ष मोती भुजेल र कार्यसमिति सदस्य सूर्य भुजेल गण्डकी सरकारकहाँ पुगेका हुन् ।

footwear zone

ज्ञापनपत्र बुझ्दैगण्डकीका उद्योगमन्त्री विकास लम्सालले व्यवसायीहरुको समस्या सल्टाउन गण्डकी सरकार र आफ्नो मन्त्रालय सकारात्मक भएको बताए । उनले आउँदो मन्त्रिपरिषदको बैठकमा यो विषय राख्ने प्रयत्न गर्ने जानकारी दिँदै व्यवसायीहरुको समस्या समाधानको लागि नीगित रुपमै बाटो खोजिने पनि बताए ।

You might also like

Comments are closed.