बन्जीकालागि बनाएको टावरमा टावर क्लाइम्बिङ सुरु

पर्यटकिय राजधानी पोखरामा अर्को नयाँ एड्भेन्चर थपिएको छ । बन्जी नेपाल एड्भेन्चर्स प्रालि ले पोखरा १७, रातोपैरा (माउन्टेन म्युजियमको आडैमा) बन्जीकालागि बनाएको टावरमा नेपालमै पहिलो पल्ट टावर क्लाइम्बिङ सुरु गरिएको छ।
३५ मिटर अग्लो क्यान्टिलिभर टावरमा चड्दा थकाइ लागे बिचमा रोकिएर आराम गर्दै पनि जान सकिन्छ। एड्भेन्चर भएकाले पुर्ण सुरक्षा सावधानीमा संरचना तयार गरिएको र सोही अनुसार संचालन गरिने कम्पनीका अध्यक्ष सन्तोष भट्टराईले बताए।
footwear zone
टावर क्लाइम्बिङ गर्न एक जनाको हजार रुपैयाँ तोकिएको छ। ‘टावर चढ्दा आवश्यक उपकरण कम्पनीले नै ब्यवस्था गर्छ’ भट्टराईले भने ‘चड्ने ब्यक्तिले स्पोर्ट्स वेयर लगाएर आउँदा सजिलो हुन्छ।’ क्लाइम्बिङ गर्ने आफ्नो फोटो लिन चाहेमा थप दुई सय रुपैयाँ लाग्ने भट्टराईले बताए।
“टावर माथी पुगेर फराकिलो हिम शृङ्खला सँगै पोखरा आसपासका दृश्य अवलोकन गर्न सकिन्छ’ भट्टराई भन्छन् ‘टावरमै बर्थडे, एनिभर्सरी सेलिब्रेसनको प्याकेज समेत बनाएका छौं।
टावर सँगै बन्जी परिसरमै रेस्टुरेन्ट समेत सन्चालनमा आएको छ। अबको केही महिनामै बन्जी सुरु गरिने भट्टराईले बताए। टावरको संरचनागत काम सकिएको र कोभिड १९ का कारण जापानबाट प्राबिधिक आउन बाँकी भएकोले बन्जी सुरु हुन ढिलाइ भएको भट्टराईले बताए। भट्टराई अध्यक्ष रहेको कम्पनीमा राजु कुँवर, अशोक गुरुङ, दुर्गादत्त खरेल, दिल गुरुङ, दामोदर बराल, भूपाल बहादुर बराल क्षेत्रीको लगानी रहेको बताइएको छ।
अध्यक्ष भट्टराईले न्युजिल्यान्ड, जापान, मकाउ लगायत देशमा बन्जी मास्टरको रुपमा लामो समय काम गरि स्वदेश फर्केर हाल आफ्नै साथीहरूको समूह बनाइ बन्जीमा लगानी गरेका हुन। आइएसो स्टाण्डर्डमा निर्माण गरिएको भट्टराईको दाबी छ । बन्जीको अन्तरास्ट्रिय स्तरमा बन्जीको लोकप्रिय नाम ‘गो बञ्जी’ सँगको प्राबिधिक समन्वयमा काम भैरहेको भट्टराई बताउछन् ।
You might also like

Comments are closed.