सामाजिक सेवामा सक्रिय बन्दै किवानिज, भूकम्प पीडित बालबालिकालाई सहयोग

 

काठमाडौं । किवानिज ह्यापी नेपालले बालबालिकाहरुलाई न्यानो कपडा सहयोग गरेको छ । भूकम्पबाट विस्थापित भइ लव प्रसाद सुधार संघको बालगृहमा बस्दै आएका बालबालिकालाई न्यानो कपडा वितरण गरिएको क्लबका अध्यक्ष भास्कर राज पन्तले जानकारी दिए ।

भूकम्पमा आमा बुवा गुमाएका २१ जना बालबालिकालार्ई लुगा, जुत्ता, मोजा, टोपीसहित खाद्यान्न हालै एक कार्यक्रमबीच सहयोग गरिएको उपाध्यक्ष प्रमिला लामिछानेले जानकारी दिइन् ।

footwear zone

कार्यक्रममा बोल्दै किवानिज नेपालका डिस्ट्रिक्ट गभर्नर मोहोन लम्सालले बालबालिकाको क्षेत्रमा किवानिज क्लबहरुले उदाहरणीय कार्य गर्न सफल भएको बताए ।

You might also like

Comments are closed.