काठमाडौं । मोटरहेड ब्राण्डका मोटरसाइकल तथा स्पेयर्स पार्टसको नेपालको आधिकारिक वितरक एसएलआर टेक्नो एण्ड ट्रेड प्रा.लि.ले सर्भिस सेन्टर विस्तारमा जोड दिएको छ । बिक्री पछिको सेवालाई प्राथमिकतामा राख्दै अत्याधुनिक सुविधा सम्पन्न सर्भिस सेन्टरहरु विस्तार गरिएको एसएलआर टेक्नो एण्ड ट्रेडले जनाएको छ ।
कम्पनीले काठमाडौं उपत्यका भित्र ३ ठाउँमा सुविधा सम्पन्न सर्भिस सेन्टर स्थापना गरिसकेको छ । ललितपुरमा धोविघाट, काठमाडौंमा बालाजू र भक्तपुरमा सल्लाघारीमा सर्भिस सेन्टर स्थापना भएको जनरल म्यानेजर उज्ज्वल जोशीले जानकारी दिए । ‘छिट्टै मित्रपार्कमा पनि सुविधा सम्पन्न सर्भिस सेन्टर खुल्दैछ,’ उनले भने ।
दक्ष मेकानिक तथा सर्भिस इन्जिनियरको टिमबाट मोटरहेड बाइकहरुलाई सर्भिसिङ सेवा उपलब्ध गराइरहेको जोशीले जानकारी दिए । ‘आधुनिक प्रविधिबाट सर्भिसिङ सेवा प्रदान गरिरहेका छौं,’ उनले भने, ‘मोटरहेडका ग्राहकलाई बिक्री पछि स्तरीय सेवा प्रदान गर्ने लक्ष्यमा हामी सफल छौं ।’
कोभिड महामारीको विषम परिस्थितिमा पनि कम्पनीले सर्भिस सेन्टर विस्तारमा जोड दिइरहेको जोशी बताउँछन् । ‘ग्राहकप्रतिको कर्तव्य पालना गर्नमा हामी अग्रसर छौं,’ उनले भने ।

मोटरहेडका बाइकहरु अफ रोड र पिच दुवै सडकका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ । मोटरहेडका डट बाइकदेखि स्क्र्याम्ब्लर तथा क्रस ओभर गरी ३ सेगमेन्टमा ७ वटा मोडलका बाइकहरु नेपाली बजारमा उपलब्ध छन् ।
बजारमा प्रख्यात रहेका टेक्कन २५०, एमएच २००, स्क्र्याम्ब्लर २५० र स्पोर्टस २५० बाइक रोड र अफरोड भर्सनमा उपलब्ध छन् । मोटरहेडका २ लाख ८८ हजार रुपैयाँदेखि ४ लाख ५० हजारसम्मका बाइकहरु बजारमा बिक्री भइरहेका छन् । राम्रो ब्राण्डका बाइकहरु तुलनात्मक रुपमा सस्तो मूल्यमा नेपाली बजारमा उपलब्ध गराउन सफल भएको कम्पनीले जनाएको छ ।
मोटरहेडका डिलहरु पोखरा, चितवन, विरगञ्ज, बागलुङ, दाङ, सुर्खेत, नेपालगञ्ज, इटहरीमा तथा काठमाडौंको टेकु, भित्रपार्क, बनेपा लगायतका ठाउँमा छन् ।




Comments are closed.