काठमाडौं । साइनिकल टेक्नोलोजीले साइबर सेक्युरिटी प्रडक्ट ‘बगभी’ सार्वजनिक गरेको छ । संसाभरका इथिकल ह्याकरहरुलाई बगभी प्लेटफर्ममा जोड्ने लक्ष्यसहित यो प्रडक्ट नेपालमै पहिलोपटक सार्वजनिक गरिएको हो ।
पछिल्लो समय अनधिकृत रुपमा साइबर आक्रमण बढिरहेको सन्दर्भमा सार्वजनिक गरिएको बगभीले साइबर सुरक्षामा जोड दिने साइनिकल टेक्नोलजीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत नरेश लाम्गादेले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
व्यावसायिक, सरकारी तथा गैरसरकारी संस्थाहरु बगभी प्लेटफर्ममा जोडिन सक्नेछन् । ‘बगभीसँग जोडिएका कम्पनीहरुलाई साइबर सेक्युरिटी प्रदान गर्ने हाम्रो उद्देश्य हो,’ उनले भने । बगभीमा हालसम्म इसेवा लगायत ६ वटा कम्पनी जोडिएका छन् । ‘अन्य कम्पनीहरु पनि बगभी प्लेटफर्ममा जोडिने तयारीमा छन्,’ उनले भने ।

नेपालसहित संसारभरका इथिकल ह्याकरहरु बगभीमा निःशुल्क रजिष्टर हुन सक्नेछन् । बगभीमा रजिष्टर भएर बग पत्ता लगाउने इथिकल ह्याकर तथा साइबर सुरक्षा अनुसन्धानकर्ताहरुलाई रिवार्ड गर्ने व्यवस्था मिलाइएको लाम्गादेले जानकारी दिए । बग पत्ता लगाउने व्यक्तिहरुलाई इसेवा तथा फोनपेबाट रिवार्ड बापतको रकम भुक्तानी गरिनेछ ।

साइबर सुरक्षाका लागि बगभी प्लेटफर्म निकै प्रभावकारी हुने विश्वास आफूहरुले लिएको लाम्गादेले बताए ।




Comments are closed.