वाडाको अधिवेशन शनिबार, सर्वसम्मत अध्यक्ष बन्दै खड्का

पोखरा । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) को १६औं अधिवेशन पुस १८ गते शनिबार पोखरामा हुँदैछ । अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्ने निश्चित भएकोछ ।

वाडामा महासचिव, उपाध्यक्ष लगायत विभिन्न पदमा रहेर लामो समयदेखि क्रियाशील व्यवसायी मोहनबाबु खड्काको नेतृत्वमा नयाँ कार्यसमिति चयन हुने बताइएको छ । यद्यपिको यसको औपचारिक निर्वाचन भने पुस १८ गते नै हुनेछ ।

‘बर्तमान कार्यसमितिमा रहेका व्यवसायीहरुलाई नै समेटेर नयाँ कार्यसमिति चयन हुनेछ,’ कार्यसमितिमा रहेका एक सदस्यले भने, ‘सबैलाई समेटर राम्रो कार्यसमिति बन्नेछ । अध्यक्षमा बर्तमान उपाध्यक्ष मोहनबाबु खड्काको नाममा सहमति भइसकेको छ ।’

footwear zone

यसैबीच, पोखरामा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र वाडाबीच संयुक्त बैठक तथा अन्तरक्रिया कार्यक्रमसमेत हुनेछ । कार्यक्रमको लागि नाडाको टोली पोखरा आइसकेको छ ।

र यो पनि,

नाडाको टोली पोखरामा, केके छन् कार्यक्रम ? (फोटो फिचर)

You might also like

Comments are closed.