पोखरा उद्योग वाणिज्य संघको कोषाध्यक्षमा युवा व्यवसायी तारानाथ ढुंगानाले उम्मेदवारी घोषणा गरेका छन् । उनले विन्दु कोइराला सुवेदी नेतृत्वको स्वतन्त्र प्यानलबाट उम्मेदवारी प्रस्तुत गरेका हुन् ।
‘व्यावसायिक एकता आजको आवश्यकता, अग्रजलाई सम्मान, नयाँलााई प्रोत्साहन’ नाराका साथ उनले कोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । पोखरा उद्योग वाणिज्य संघको पछाडि पर्दै गएको अर्थव्यवस्थालाई मजबुत बनाउन आफूले नयाँ सोच र नयाँ योजनाका साथ उम्मेदवारी प्रस्तुत गरेको ढुंगानाले आर्थिक आवाजलाई बताए ।
यस अगाडि संघको कार्यसमितिमा रहेर काम गरेका ढुंगाना मदिरा व्यवसायी संघ कास्कीका निबर्तमान अध्यक्ष, नेपाल मदिरा व्यवसायी महासंघका केन्द्रीय महासचिव, लायन्स क्लब अफ पोखरा पिस प्याराडाइजका प्रथम उपाध्यक्ष, अधिकृत बिक्रेता संघ पोखराका पूर्व कार्यसमिति सदस्य, नागढुंगा बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष लगायत विभिन्न सामाजिक संघसंस्थामा आबद्ध छन् ।

तारा सुमन सप्लायर्स, गुडमर्निङ ट्रेड सेन्टर, अविनव स्टोर्स, नाइस ट्रेडिङ, नाइस इन्टरप्राइजेज, बाराही म्यानेजमेन्ट सोलुसन प्रालि लगायतका व्यावसायिक प्रतिष्ठान उनले सञ्चालन गरिरहेका छन् ।




Comments are closed.