ग्यापु र सिभिल मलको आयोजनामा न्यु इयर कन्सर्ट

 

काठमाडौं ।
लोकप्रिय नेपाली ईकमर्स कम्पनी ग्यापु मार्केटप्लेस र सिभिल मलको आयोजना १ जनवरी (१७ पौष) मा ‘न्यु इयर सेलिब्रेसन’ को आयोजना गरिएको छ ।

काठमाडौं सुन्धारा स्थित सिभिल मलको फुड कोर्टमा दिउँसो २ बजे सुरु हुने कार्यक्रममा अलमोडा राना उप्रेती र इन्नोभ एठ ब्याण्ड लगायतको लाइभ प्रस्तुति रहने ग्यापुकि बिजनेस डेभलपमेन्ट म्यानेजर सुरजनी केसिले बताइन्।

footwear zone

कार्यक्रमको काष्ठमण्डप टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने बताइएको छ। साथै ग्यापु मार्केटप्लेस र सिभिल मलको फेसबुक पेजबाट समेत लाइभ हेर्न सकिनेछ।

कोभिड १९ का कारण लामो समय देखि साङ्गीतिक कार्यकम नभैरहेको सन्दर्भमा स्वास्थ सुरक्षा सावधानीका साथ कन्सर्ट गर्न लागिएको सिभिल मलका सिनियर मार्केटिङ म्यानेजर अमिर ठकुरीले बताए।

कार्यक्रम हेर्न उपस्थित सहभागीले ग्यापु मार्केटप्लेस र एक्सलट्रीपको तर्फबाट उपहारहरु र छुट भौचर प्रदान गरिने बताइएको छ। कार्यक्रम एक्सलट्रीप नेपालसँगको समन्वयमा आयोजना गरिएको हो।

ग्यापु र सिभिल मलकै आयोजनामा २५ डिसेम्बर ‘क्रिसमस’ को अवसरमा पनि लाइभ कन्सर्ट गरिएको थियो ।

You might also like

Comments are closed.