बेगनासमा खुल्यो सुविधा सम्पन्न ‘होटल मकाउ बेगनास लेक’

 

पोखरा । पोखरा ३१ बेगनास लेक नहरचोकमा ‘होटल मकाउ बेगनास लेक’ सञ्चालनमा आएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी लेखनाथ क्षेत्रमा सुविधा सम्पन्न होटल सञ्चालनमा ल्याइएको हो । व्यवसायी  किसान गुरुङले होटल सञ्चालनमा ल्याएका हुन् ।

होटलमा डिलक्स, सुपरडिलक्स र एक्ज्युकेटिभ स्विट गरी २७ वटा रुम छन् । ग्राउण्डफ्लोर रेष्टुरेन्ट एण्ड बार तथा रुफटपमा ओपन स्काई रेष्टुरेन्ट एण्ड बारको सुविधा रहेको होटलबाट हिमालयको रेन्ज, बेगनास ताल र वरपरको दृश्यावलोकन स्पष्टसँग गर्न सकिने जनरल म्यानेजर केशव पौडेलले जानकारी दिए । ‘प्रत्येक रुममा प्राइभेट बाल्कोनीको व्यवस्था छ,’ उनले भने, ‘प्रत्येक रुमबाट माउन्टेन भ्युसहित, वरपरको दृृश्य साइडसिन गर्न सकिन्छ ।’

footwear zone

हस्पिटालिटी क्षेत्रमा करिब २० वर्ष अनुभव संगालेका जनरल म्यानेजर पौडेलको नेतृत्वमा १५ जना दक्ष कर्मचारीहरुको संलग्नतामा होटल सञ्चालनमा आएको छ । अनौपचारिक रुपमा सञ्चालनमा आएको होटलको छिट्टै औपचारिक उद्घाटन गरिने पौडेलले जानकारी दिए ।

होटलका लगानीकर्ता किसान गुरुङ

होटलमा ३ हजार रुपैयाँदेखि ७ हजार रुपैयाँसम्मको रुमहरु उपलब्ध छन् । लिफ्टको सुविधा रहेको होटलमा पर्याप्त पार्किङको सुविधा छ । २४सैं घन्टा सुरक्षा गार्ड (एक्स इण्डियन आर्मी) सहितको पार्किङ सुविधा उपलब्ध रहेको उनले बताए । ‘अँग्रेजी नयाँ वर्षको अवसरमा फुड एण्ड वेभरेजमा २० प्रतिशत छुट उपलब्ध छ,’ उनले भने ।

होटलमा खानाका परिकारलाई विशेष प्राथमिकतामा राखिएको पौडेलले बताए । नेपाली, इण्डियन, चाइनिज र कन्टिनेन्टल खानाको स्वाद पर्यटकले लिन पाउनेछन् । ‘विशेष गरी आन्तरिक पर्यटनलाई प्राथमिकतामा राखेर सेवा प्रदान भइरहेको छ,’ उनले भने । नेपाली टिपिकल खानाका परिकारहरु धेरैको रोजाईमा पर्नेमा आफूहरु विश्वस्त रहेको उनले बताए ।

होटलका जनरल म्यानेजर केशव पौडेल

You might also like

Comments are closed.