पोखरा । पोखरामा टिभिएस बाइकको एक्स्चेन्ज मेला सुरु भएको छ । टिभिएसका लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता बतास ब्रदर्समा बिहीबार सुरु मेला पुस २२ गतेसम्म जारी रहने प्रवन्धक सन्तोष पोखरेलले जानकारी दिए ।
जुनसुकै ब्राण्डका पुरानो मोटरसाइकल ल्याएपछि ग्राहकले टिभिएको नयाँ मोटरसाइकल तथा स्कुटर चढ्न पाउनेछन् । एक्स्चेन्जमा सहभागी हुँदा पुरानो मोटरसाइकल तथा स्कुटरको बजार मूल्य भन्दा १५ हजार रुपैयाँ बढी मूल्यांकन गरिने बताइएको छ ।

साथै नयाँ मोटरसाइकल तथा स्कुटर खरिदमा ८ हजार रुपैयाँ नगद छुटसमेत प्रदान हुने कम्पनीले जनाएको छ । शून्य प्रतिशतमा ब्याजदरमा फाइनान्स सुविधा उपलब्ध हुने पोखरेलले बताए । टिभिएसका लागि नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स हो ।




Comments are closed.