पोखरा ।पोखरा चेम्बर अफ कमर्स कास्कीको दोश्रो वार्षिकोत्सवको अवसरमा लेखनाथ चेम्बर अफ कमर्स कास्कीले बुढीबजारमा खुल्ला रक्तदान कार्यक्रम गरेका छ ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत शुक्रबार भएको घुम्ती रक्तदानमा २० जनाले रक्तदान गरेको महासचिव उमराज बास्तोलाले जानकारी दिए । रक्तदान जीवनदान, जीवनदान महादान भन्ने नाराका साथ भएको कार्यक्रमको गण्डकी प्रदेश सभा अर्थ तथा विकास समितिका सभापति दिपक कोइराललोले उद्घाटन गरे । उनले निजी क्षेत्रको तर्फबाट चेम्बरले संस्थागत सामाजिक उत्तरदायित्वको काम गरेको बताए ।
पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष किसान सुनारले चेम्बरले उद्योगी व्यवसायीको हकहितमा काम गरेको उल्लेख गरे । कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर २६का अध्यक्ष नारायण बराल, चेम्बर अफ कमर्स कास्कीका वरिष्ठ उपाध्यक्ष गिता तिवारी गौतम, वाणिज्यतर्फका उपाध्यक्ष यमनाथ पौडेल, बस्तुगत तर्फका उपाध्यक्ष प्रेमबहादुर भुजेल, उद्योगतर्फका उपाध्यक्ष ज्ञानबहादुर नेपाली, महासचिव उमराज बास्तोला,कोषाध्यक्ष कमलबहादुर बस्नेत, उपकोषाध्यक्ष नवराज आचार्य सचिवालय सदस्य रवीबहादुर विक, लेखनाथ चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष अशोक बराल, महासचिव चन्द्र भुजेल, सचिव एलपी ढुंगाना, सल्लाहाकार विष्णु पुन लगायतले बोलेका थिए ।

त्यस्तै पोखरा चेम्बर अफ कमर्स कास्की अन्तर्गतको सेन्टर युनिट इकाईले १८ गते पृथ्वीचोकमा रक्तदान कार्यक्रम गरेको महासचिव उमराज बास्तोलाले जानकारी दिए ।




Comments are closed.