पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन पोखराको १५ औं वार्षिक साधारणसभा तथा ८औं अधिवेशन सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले सबैभन्दा बढी राजश्व बुझाउने क्षेत्र अटो व्यवसाय भएको बताए । व्यावसायिक हकहितका क्षेत्रमा नाडा सक्रिय रहेको बताउँदै उनले आगामी दिनमा पनि अटो व्यवसायलाई व्यवस्थित र व्यावसायिक बनाउन लागिपर्ने धारणा राखे ।
नाडाका पूर्व अध्यक्ष सौरभ ज्योतीले कोभिडबाट व्यवसायीले धेरै पाठ सिकेकाले व्यवसाय र संघसंस्थालाई प्रविधिमैत्री बनाउनुपर्ने बताए । सबैभन्दा बढी पारदर्शी र लाखौंलाई रोजगारी दिने व्यवसाय अटोमोबाइल रहेको उनले बताए । देशको आर्थिक क्षेत्रको मेरुदण्ड अटो व्यवसाय भएको उनले बताए ।
एसोसिएसनका संस्थापक अध्यक्ष राजेन्द्र बाटाजू, नाडाका उपाध्यक्ष ध्रुवबहादुर थापा, ट्राफिक कार्यालय गण्डकीका प्रमुख प्रहरी उपरीक्षक प्रभू प्रसाद ढकाल, पोखरा उद्योग वाणिाज्य संघका महासचिव अर्जुन पोखरेल, चितवन अटोमोबाइल एसोसिएसनका अध्यक्ष अमृत जोशी लगायतले कोरोना महामारीले व्यवसायीहरू मर्कामा परेकाले उद्योग व्यवसाय प्रवर्द्धनमा लाग्नुपर्ने धारण राखेका थिए ।

नवनिर्वाचित अध्यक्ष मोहनबाबु खड्काले सम्पूर्ण व्यवसायीलाई समेटेर अटो व्यवसायको हकहितमा सक्रिय हुने प्रतिबद्धता व्यक्त गरे।
पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष चन्द्र कुँवरको अध्यक्षतामा कार्यक्रम भएको हो ।





Comments are closed.