काठमाडौं । लाखौं ग्राहकका बिच गतिशील बैंकिङको अभ्यास गर्दै आएको एन आई सी एशिया बैंकले भक्तपुरकोे सूर्यविनायक नगरपालिका कार्यालय परिसरमा विस्तारित काउण्टर शुभारम्भ गरेको छ । यो बैंकको ९३ औं विस्तारित काउण्टर हो ।
पूर्वमन्त्री महेश बस्नेत, सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा र बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले काउन्टरको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
समुद्घाटन कार्यक्रममा बोल्दै पूर्वमन्त्री श्री महेश बस्नेतले सूर्यविनायक नगरपालिकाले पेपरलेस प्रविधिलाई प्राथमिकताका साथ राखिरहेको अवस्थाकाबीच एन आई सी एशिया बैंकसँगको साझेदारीले ई–बैंकिङ्गजस्तो महत्वपूर्ण विधाले नगरपालिकाको प्राथमिकतालाई थप सशक्त बनाउन मद्दत पुर्याउने र देशको अर्थतन्त्रलाई सुदृढीकरण गर्नका लागि बैंकिङ प्रणालीको महत्वपूर्ण भूमिका रहेको बताए । साथै उनले बैंकसँगको साझेदारीले यसमा थप सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रोशन कुमार न्यौपानेले सूर्यविनायक नगरपालिकाको सम्पूृर्ण बैंकिङ कारोबारहरू व्यवस्थापन गर्ने जिम्मेवारी पाएकोमा धन्यवाद ज्ञापन गर्दै देशकै नमूना नगरपालिका रुपमा रहेको सूर्यविनायक नगरपालिकाको बैंकिङ पार्टनर हुन पाउनुलाई बैंकले निकै ठूलो गर्व र गौरवको विषयको रुपमा लिएको बताए । नगरपालिकाका मेयर वासुदेव थापाले विस्तारित काउण्टरबाट सम्पूर्ण नगरबासीले आधुनिक बैंकिङ सेवा प्राप्त गर्नुका साथै कर्जा सुविधा समेत उपभोग गर्न पाउने बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई, सूर्यविनायक नगरपालिकाका उपमेयर जुना बस्नेत,, प्रमुख प्रशासकिय अधिकृत श्री कमल ज्ञवाली,, कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख भवराज जोशी, सूर्यविनायक नगरपालिकाका वडा अध्यक्षहरू, नगर सदस्यज्यूहरू एवं यस बैंकका उच्च पदस्थ पदाधिकारीज्यूहरूको उपस्थिती थियो ।




Comments are closed.