बजार पूँजीकरण २९ खर्ब   

काठमाडौं ।   धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार ६.३६ विन्दुले ओरालो लागेको छ । आइतबार उछाल आएको बजारमा आज झिनो अङ्कले नेप्से ओरालो लागेको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार ६.३६ ओरालो लागेर दुई हजार १६९.०४ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.७३ ले ओरालो लागेर ४१५.१५ मा पुगेको छ । कूल २०२ कम्पनीका एक करोड १६ लाख ४३ हजार ४२९ कित्ता शेयर रु पाँच अर्ब ९६ करोड १७ लाख ३३ हजार १२२ मूल्यमा कारोबार भयो । बजार पूँजीकरणका आधारमा आज शेयर बजार रु २९ खर्ब २१ अर्ब ५४ करोड बराबरको भएको छ ।

कारोबारका आधारमा आज कूल १२ उपसमूहमध्ये पाँच उपसमूहको शेयर उकालो लाग्दा सात उपसमूहको शेयर भने ओरालो लागेको छ । विकास बैंक ८.४२, जलविद्युत् २.१४, वित्त ५.६३, निर्जीवन बीमा ५२.४७ र अन्य ९.८५ विन्दुले उकालो लागेको छ । यस्तै बैंकिङ ११.२, व्यापार ३.७७, हाटल ०.१५, उत्पादन १००.५२, लघुवित्त ४.७३, जीवन बीमा ७६.३९ र सामूहिक लगानी कोषको भने विवरण केही देखिएको छैन ।

footwear zone

कारोबारका आधारमा आज नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ४६ करोड आठ लाख ६८ हजार ८८६ बराबरको कारोबार भयो । नेपाल लाइफ इन्सुरेन्स रु ४० करोड ७१ लाख दुई हजार ५९९, नेपाल दूरसञ्चार कम्पनी रु ३७ करोड ७८ लाख १५ हजार २१५, शिखर इन्सुरेन्स रु २५ करोड ३३ लाख ४३ हजार ७३८, एनसिसी बैंक रु २५ करोड सात लाख ५१ हजार ८४०, हिमालयन डिस्टिलरी रु २३ करोड पाँच लाख ५१ हजार ८४०, एनआइसी एसिया रु २१ करोड पाँच लाख ७० हजार २९०, शिवम् सिमेन्ट रु १९ करोड ५७ लाख ५२ हजार ६५८ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ ।
कारोबार भएका कम्पनीमध्ये ६९ कम्पनीको शेयर उकालो लागेको थियो भने ९१ कम्पनीको शेयर ओरालो लाग्दा १५ कम्पनीको शेयरमा भने कुनै परिवर्तन भएन । कारोबारका आधारमा जानकी फाइनान्स ९.९६, किसान लघुवित्त ९.५०, नारायणी डेभलपमेन्ट बैंक ७.९४, राधी विद्युत् कम्पनी ५.१७ र शिखर इन्सुरेन्सका लगानीकर्ताले ४.९९ प्रतिशतले कमाए । त्यस्तै नेशनल माइक्रोफाइन्स ५.८४, नेपाल फाइनान्स ३.७०, एभरेष्ट बैंक ३.४१, मल्टीपर्पोज फाइनान्स ३.२७ र गुराँस लघुवित्तका लगानीकर्ताले २.९० प्रतिशतले गुमाए ।

You might also like

Comments are closed.