पोखरा फाइनान्स र प्रभु क्यापिटल बिच लगानी व्यवस्थापन सम्झौता सम्पन्न

काठमाडौं। काठमाडौंको कमलादीमा केन्द्रीय कार्यालय रहेको प्रभु क्यापिटल लिमिटेड र पोखराको न्युरोडमा केन्द्रीय कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेड बिच लगानी व्यवस्थापन गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

सम्झौतापत्रमा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकाली र पोखरा फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रबिचन्द्र गुरुङ्गले हस्ताक्षर गरेका छन् ।

यो सम्झौतापछि पोखरा फाइनान्सको लगानी प्रभु क्यापिटलका विशेषज्ञ लगानी व्यवस्थापकहरुद्धारा ब्यबस्थापन गरिनेछ । दुवै पक्षलाई उच्च प्रतिफल सुनिश्चित गर्ने लक्ष्यका साथ यो लगानी व्यवस्थापन संम्झौता गरिएको प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले बताए ।

footwear zone

प्रभु क्यापिटलले हाल प्रभु स्मार्ट पिएमएस अन्तर्गत संस्थागत तथा व्यक्तिगत लगानीकर्ताहरुलाई लगानी व्यवस्थापनको सेवा प्रदान गरिरहेको जनाइएको छ ।

You might also like

Comments are closed.