इलेक्ट्रिक गाडी दिगोको ब्रान्ड अम्बासडरमा मदनकृष्ठ श्रेष्ठ

काठमाडौं । दिगोले अग्रणी कलाकार मदनकृष्ण श्रेष्ठलाई आफ्नो ब्रान्ड दूत (ब्रान्ड अम्बासडर) घोषणा गरेको छ । अब श्रेष्ठ दिगो ब्रान्डका सबै रेन्जका विद्युतीय गाडीको ब्रान्ड दूतको भूमिकामा रहनेछन् । अग्रणी एवं जीवन्त कलाकार श्रेष्ठले दिगो ब्रान्ड तथा यसको मूल्य एवं मान्यतालाई सशक्त प्रतिनिधित्व गर्ने कम्पनीले विश्वास लिएको छ ।

‘हामीले यातायातको स्वरुप गम्भीरतापूर्वक मनन गर्न थालेको यो महत्वपूर्ण समय हो । इ–मोबिलिटीको आर्थिक र वातावरणीय फाइदा निकै ठूलो छ । हामीले विद्युतीय सवारी साधनलाई प्रवद्र्धन गर्दै वातावरणीय हिसाबले दिगो नेपालको मार्ग प्रशस्त गर्न सक्छौं । हामीले हाम्रो भविष्यलाई त्यसतर्फ लैजाने प्रतिबद्धता जनाउन सक्यौं भने मात्र शून्य उत्सर्जन र शून्य व्यवधानको भविष्य सम्भव छ । चीरस्थायी विकास र नेपालीको सुस्वास्थ्यसँग मेल खाने अवधारणा बोकेको दिगोसँग साझेदारी गर्न पाउँदा म प्रशन्न छु,’ श्रेष्ठले भने ।

श्रेष्ठसँगको सहकार्य घोषणा गर्दै दिगोका सिइओ हेमन्त पुरानिकले मदनकृष्ण श्रेष्ठसँग सहकार्य गर्न पाउँदा धेरै उत्साहित भएको बताए । ‘उहाँ दृढ विश्वासी क्षमतावान तथा हरेक नेपालीका लागि आदर्श हुनुहुन्छ । उहाँलाई पर्दामा हेर्नु जादु जस्तै लाग्छ । उहाँ भरोसायोग्य, विश्वासिलो, अग्रणी, सरल र आत्मविश्वासले भरिएको व्यक्तित्व हुनुहुन्छ । जुन यो सहकार्यको भित्री अभिप्राय हो,’ उनले भने, ‘हामी नेपालका सबै सहरहरुमा आफ्नो पदचाप विस्तार गर्ने तयारीमा रहेको सन्दर्भमा सबै नेपालीलाई अपिल गर्न सक्ने मदनजीको विशिष्ट दक्षताले उहाँलाई हाम्रो ब्रान्ड प्रस्तुत गर्ने आदर्श व्यक्ति बनाएको छ । हामी दुवै पृथक काम गर्नु चुनौतीपूर्ण भए पनि त्यो सम्भव छ भन्ने कुरामा विश्वास गर्छौं । दिगो परिवारमा उहाँलाई स्वागत गर्न पाउँदा हामी खुसी छौं ।’

footwear zone

पथप्रवर्तक योगदानका साथ नेपाली प्यासेन्जर भेहिकल उद्योगको क्रमभंग गर्न तयार रहेकाले दिगो आफ्नो क्रमिक विकासको महत्वपूर्ण चरणमा छ । आक्रामक तथा नविन बजार रणनीतिका साथ यी प्रस्तावहरु उपभोक्तामाझ पेस गर्नु पनि यस कम्पनीको लागि उत्तिकै महत्वपूर्ण विषय रहेको पुरानिकले बताए । यो साझेदारी सुरु गर्नका लागि मदनकृष्ण श्रेष्ठसँग मिलेर शून्य उत्सर्जनको लक्ष्यलाई प्रवद्र्धन गर्ने दिगो विद्युतीय सवारी साधनको अभियान सञ्चालन गर्न पाउँदा दिगो निकै उत्साहित रहेको उनले बताए ।

दिगो नेपालको मोबिलिटी क्षेत्रलाई रुपान्तरण गर्ने भिजन बोकेको नयाँ ऊर्जा कम्पनी हो । यो कम्पनी यात्रा गर्ने अझ बढी जिम्मेवार विधि छ भन्नेमा विश्वास गर्दछ र यसैलाई चीरस्थायी बनाउन प्रतिबद्ध छ । दिगो पर्यामैत्री यातायाततर्फको परिवर्तनमा उत्प्रेरकको भूमिका खैल्दै अन्ततः वातावरणीय रुपमा दिगो नेपालको मार्ग प्रशस्त गर्ने काममा उत्प्रेरक बन्न चाहन्छ ।

‘उत्सर्जनशून्य’ भविष्यको लक्ष्य हासिल गर्न दिगोले विद्युतीय मोबिलिटीको पूर्ण इकोसिस्टम विकास गर्नुका साथै सिएटिएल, स्टार चार्ज, डिएफएसके, सिएचटिसी, जोयलङ जस्ता यस क्षेत्रका नेतृत्वदायी कम्पनीहरुसँग सहकार्य गरिरहेको छ ।

You might also like

Comments are closed.