पोखरा । महिला उद्यमी चिनु गुरुङले व्यवसाय बिस्तार गरेकी छन् । करिब ३ दशक अगाडिबाट सौन्दर्य व्यवसायमा आबद्ध रहेकी गुरुङले पछिल्लो समय पोखराको चिप्लेढुंगामा ‘सिजी ब्रोज एण्ड नेल्स ट्रेनिङ इन्स्टिच्युट’ सञ्चालनमा ल्याएकी छन् ।
माघ पहिलो साताबाट इन्स्टिच्युट औपचारिक रुपमा सञ्चालनमा आउने गुरुङले जानकारी दिइन् । ‘अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न ट्रेनिङ इन्स्टिच्युट सञ्चालनमा ल्याउन सफल भएका छौं,’ उनले भनिन् । आधुनिक समयको माग अनुसार अत्याधुनिक सेवा सुविधासहित महिलाहरुलाई नेल सृङगार र आइब्रो सृङगार र मेकअप सम्बन्धी तालिम इन्स्टिच्युटबाट प्रदान हुने उनले बताइन् ।
गुरुङ व्युटि एकेडेमी अन्तर्गत गुरुङले सेवा विस्तार गरेकी हुन् । पोखराको न्युरोडमा प्रधान कार्यालय रहेको एकेडेमीका अन्य शाखाहरु पृथ्वीचोक, भाटभटेनी, बगर, महेन्द्रपुल, दुलेगौंडामा छन् ।








Comments are closed.