पोखरा । महाविर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई निजी विद्यालयको छाता संस्था प्याव्सन कास्कीले २ लाख सहयोग गरेको छ ।
प्यावसनको ३१ औं वार्षिकोत्सवका अवसरमा कास्की प्याव्सनले सामाजिक उत्तरादायित्व अन्तरगत उक्त रकम हस्तान्तरण गरेको प्याव्सन कास्कीले जनाएको हो । प्याव्सन कास्कीले आयोजना गरेको एक कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथी पोखरा विश्वविद्यालयका उपकुलपती प्रा.डा. प्रेम नारायण अर्यालले केन्द्रका अध्यक्ष महाविर पुनलाई उक्त रकम वरावरको चेक हस्तान्तरण गरेका थिए ।
त्यसै गरि वार्षिकोत्सव कार्यक्रम अन्तरगतनै प्यावसन कास्कीले पोखरा महानगर शिक्षा महाशाखालाई १० हजार थान मास्क उपलव्ध गराएको छ ।

यसै गरि सम्पन्न कार्यक्रममा कास्कीमा आफ्नो स्थापनाको २५ वर्ष पुरा गरेका ६ वटा विद्यालयलाई समेत प्यावसन कास्कीले सम्मान गरेको छ । यसरी सम्मानित हुने विद्यालयहरुमा नेपाल आदर्श आवासिय विद्यालय, ग्लोवल कलेजियट, रेन्वो एकेडेमी, न्यू ऐरा एकेडेमी, सवलाइम एकेडेमी, र लिटिल डेफोडिल रहेका छन् ।
कार्यक्रम अन्तरगत प्यावसनले विभिन्न १० विद्यालयमा २० वर्ष सेवा पुरा गरेका १८ जना शिक्षक तथा कर्मचारीलाई समेत सम्मान गरेको छ ।
प्याव्सन कास्कीका अध्यक्ष प्रेम प्रसाद शर्मा सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सल्लाहाकार डोलराज पाण्डे, हिसान कास्कीका अध्यक्ष डा रामजी शर्मा, नेपाल शिक्षक संगठन कास्कीका अध्यक्ष रोम हर्षण पौडेल, प्यावसनका द्वितिय उपाध्यक्ष मथुरा प्रसाद पौडेल, सचिब विष्णु तिमिल्सिना लगाएतले आ–आफ्ना धारणा राखेका थिए ।




Comments are closed.