इक्यान शैक्षिक मेलाको तयारी तिब्र, सय भन्दा बढी कन्सल्टेन्सी सहभागी हुँदै

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले आगामी माघ २ गतेदेखि ५ गते (जनवरी १५ देखि १८) सम्म आयोजना गरेको १४औं इक्यान शैक्षिक मेलाको तयारीलाई तिब्र बनाइएको छ । विश्व व्यापी फैलिएको कोरोना महामारीका कारण यस पटकको मेला अनलाइन (भर्चुअल) माध्यमबाट गर्न लागिएको हो । अनलाइन माध्यमबाट हुने शैक्षिक मेलाको तयारीलाई तिब्र बनाइएको इक्यानका महासचिव दीपकराज भुसालले जानकारी दिए ।

उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीका लागि इक्यान शैक्षिक मेला निकै प्रभावकारी हुने उनले बताए । ‘विदेशको उच्च शिक्षासँग सम्बन्धित सम्पूर्ण ज्ञान विद्यार्थीले मेलाबाट प्राप्त गर्नेछन्,’ उनले भने । मेलामा सहभागी हुन चाहने विद्यार्थीले अनलाइन रजिष्टे«सन गरिरहेका छन् । मेलामा सहभागी हुने कन्सल्टेन्सी तथा विदेशस्थित कलेजहरुले पनि रजिष्टेसन गराउने क्रम जारी रहेको महासचिव भुसालले जानकारी दिए ।

इक्यानमा आबद्ध १ सय भन्दा बढी शैक्षिक परामर्शदार्त संस्थाहरु मेलामा सहभागी हुने मेलाका संयोजक बासुदेव दाहालले जानकारी दिए । उनले भने, ‘विदेशस्थित विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरुको पनि सहभागिता रहन्छ ।’

footwear zone

बिगतका वर्षमा राजधानीको भृकुटीमण्डमा हुँदै आएको मेला कोरोनाको विषम परिस्थितिलाई मध्यनजर गरी यसपटक अनलाइनमार्फत सञ्चालन गर्न लागिएको इक्यानका अध्यक्ष प्रकाश पाण्डेले बताए ।

अनलाइन मेलामा विद्यार्थीले आफू अध्ययनका लागि जान चाहेको देश, मन परेको कन्सलटेन्सी वा सम्बन्धित कोर्स, छात्रवृत्ति, भाषा शिक्षाका कक्षालगायत करिअर काउन्सिलिङबारे जानकारी तथा परामर्श लिन सक्ने उनले बताए । मेलाको व्यवस्थापन वन अप प्रा.लि.ले गर्नेछ । मेलामा सहभागी हुन चाहनेहरुले मेलाको आधिकारिक वेवपोर्टलमा गएर रजिष्ट्रेसन गर्न सक्नेछन् ।

जसमा उनीहरुले आफ्नो नाम, ठेगाना, इमेल, सम्पर्क नम्बर लगायतका जानकारी भरेपछि आफूले रोजेको देश तथा कन्सल्टेन्सी रोजेर उनीहरुका प्रतिनिधिहरुसँग प्रत्यक्ष रुपमा साक्षात्कार गर्न सक्नेछन् ।

You might also like

Comments are closed.