पोखरा ।
कुटी रिसोर्ट प्रा.लि. पोखराका सञ्चालक युवा उद्यमी देवेन्द्र केसी पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य अत्याधिक मतसहित विजयी भएका छन् ।
केसीले कार्यसमिति सदस्यका उम्मेदवारहरु मध्ये दोस्रो सर्वाधिक मत प्राप्त गरी विजयी भएका हुन् । केसी यस अगाडिको कार्यसमितिमा मनोनित भएर काम गरेका थिए ।

केसीले मतदान गर्ने सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गरेका छन् ।




Comments are closed.