हेम्जामा महिला आत्मनिभरता परियोजना उद्घाटन

पोखरा, ३० असार ।

पोखरा महानगरपालिका वडा न. २५ हेम्जा स्थित राधाकृष्ण उद्यमसिल महिला सहकारी संस्थाद्धारा सञ्चालित महिला आत्मनिर्भरता परियोजनाको शनिबार उद्घाटन गरिएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा न. २५ का वडा अध्यक्ष सोभाखर तिमिल्सिनाले हातमात्र थापेर बस्न नहुने बताउदै आफना छोरा छोरीलाइ बिदेशमा जानदिन भन्दा नेपालमा नै केहि गर्न सिकाउनु पर्नेमा जोड दिए । त्यस्तै सिप सिकेर मात्र बस्ने होइन ब्यबाहारमा पनि लागु गर्नुपर्ने र यसको लागि वडा बाट सहयोग हुने बताए । कार्यक्रममा महिला उद्यमी सेवा केन्द्र नेपालकी अध्यक्ष लक्ष्मि पाण्डे, ह्युमन टु ह्युमनकी सभापति आना लिङकेभिष्ट, प्रशिक्षक तथा विधाता हस्तकलाका संचालक सबिता श्रेष्ठ रन्जित, पोखरा महानगरपालिका वडा न. २५ का वडा सदस्य जितबहादुर कार्की, वडा न. २५ का वडा सचिब इस्वरी बांस्तोला, सल्लाकार मिनराज तिमिल्सिना, दानबहादुर थापा लगायतले बोलेका थिए । राधा कृष्ण उद्यमसिल महिला सहकारी सस्थाकी कोषाध्यक्ष बिष्णु अधिकारीले कार्यक्रको बारेमा प्रकाश पारेकी थिइन् ।

footwear zone

यस परियोजना अनुसार राधा कृष्ण उद्यमसिल महिला सहकारी सस्थाले बेरोजगार, न्युनस्तर र बिपन्न महिलाहरुलाई सिलाइ बुनाइ तालिम दिइ वातावरण प्रदुषण निवारक सपिङ ब्याग, स्कुल ब्याग र अन्य घरेलु परियोजनामा प्रयोग हुने सामाग्री निर्माण गरि महिलालाइ आत्म निर्भर बनाउने उदेश्यका साथ सञ्चालन गरिएको राधा कृष्ण उद्यमशिल महिला सहकारी सस्थाकी सचिब कोपिला त्रिपाठीले जानकारी दिईन् ।

राधा कृष्ण उद्यमसिल महिला सहकारी सस्थाकी अध्यक्ष सिर्जना सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा स्वगत सदस्य शान्ता बानियां र सञ्चालन राधाकृष्ण उद्यमसिल महिला सहकारी सस्थाकी सचिब कोपिला त्रिपाठीले गरेका थिए ।

You might also like

Comments are closed.