काठमाडौं । लगातार ओरालो लागेको सुनको मूल्यमा मंगलाबार भने सामान्य वृद्धि भएको छ । प्रतितोला ९२ हजार २ सय रुपैयाँमा सोमबार कारोवार भएको छापावाला सुन मंगलबार भने तोलामा ६ सय रुपैयाँले वृद्धि भई ९२ हजार ८ सय रुपैयाँ पुगेको छ ।
यस्तै तेजाबी सुन प्रतितोला ९२ हजार ३रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । तोलामा ९१ हजार ७०० रुपैयाँमा सोमबार कारोवार भएको थियो ।

चाँदीमा आज तोलामा २० रुपैयाँले वृद्धि भएको छ । एक हजार २३० मा सोमबार कारोवार भएको चाँदी आज एक हजार २५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।




Comments are closed.