लामाहरुको संरक्षणका लागि ५ लाख रुपैयाँको अक्षय कोष स्थापना

किमाथाङ्का । सङ्खुवासभाको चिचिला गाउँपालिकामा बोन्पो गुरुङ लामाको संरक्षणका लागि ५ लाख रुपैयाँको अक्षय कोष स्थापना गरिएको छ । बोन्पो लामाको संस्कृति लोप हुँदै गएकाले संरक्षण लागि विभिन्न व्यक्ति र संस्थाले ५ लाख रुपैयाँको अक्षय कोष स्थापना भएको छ ।

बोन्पो लामाको संरक्षणका लागि पूर्वप्रहरी महानिरीक्षक (आइजिपी) हेमबहादुर गुरुङले १ लाख रुपैयाँ कोष स्थापना गरेका छन् । चिचिलामा भएको कार्यक्रममा पूर्व आइजिपी गुरुङले मातापिताको नाममा एक लाखको चेक तमु प्ये ल्हुँ सङ्घ सङ्खुवासभाका अध्यक्ष गोवद्र्धन गुरुङलाई हस्तान्तरण गरेका छन् । गुरुङहरूले आफ्नो जातीय कर्मकाण्ड गर्ने खेगीहरू संरक्षण गर्न आवश्यक रहेको समेत उनले बताए ।

त्यसैगरी सङ्घ युकेबाट तीन लाख रुपैयाँ र हङकङबाट एक लाख रुपैयाँ गरी पाँच लाखको अक्षय कोष स्थापना भएको छ । त्यसका साथै कार्यक्रममा तमु सांस्कृतिक प्रतिष्ठान नेपालद्वारा छात्रवृत्तिसमेत वितरण गरिएको थियो । तमू प्ये ल्हुँ सङ्घले सनातन र परापूर्वकालदेखि गुरुङ जातिहरूले मनाउँदै आएका धर्मसंस्कार, संस्कृति संरक्षण र जगेर्ना गर्ने काम गर्दै आएको छ । सोहीअनुसार उनीहरुले सङ्खुवासभाको चिचिला गाउँपालिकाअन्तर्गत मत्स्यपोखरी, पोखरीगाउँ, माङमाया र ध्वजेलगायत स्थानमा रहेका बोन्पो लामाहरूको संरक्षणका लागि विभिन्न काम गर्दै आएको छ ।

footwear zone

सबै जातजातिको जातीय संस्कार, संस्कृतिको संरक्षण गर्न चालिएको कदममा गाउँपालिकाले सक्दो सहयोग गर्ने चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नुर्बु शेर्पाले बताए । उनले गएको तमु जातिको ल्होसार पर्व मनाउन पालिकाले दुई लाख ५० हजार रुपैयाँ विनियोजन गरेको बताउँदै सबै जातजातिको संरक्षण, संवद्र्धन र आवश्यकताअनुसार काम गर्न सदैव सहकार्य गर्ने उनको भनाइ छ ।

कार्यक्रमा सङखुवासभामा गुरुङ जातिका खेगी गुरुहरूलाई सम्मान गरिएको छ । चिचिला गाउँपालिका–१ पोखरीगाउँमा जिल्ला कार्यसमिति आयोजनामा लामा गुरुहरूलाई सम्मान गरिएको हो । गएको कात्तिक महिनादेखि पुस दोस्रो सातासम्म करिब तीन महिना गुफा बसेर निस्किएका पाँच नयाँ लामासहित लामो समयदेखि पुरोहित लामा पेशालाई नै निरन्तरता दिँदै आएका पाँच पुराना लामागुरु गरी १० जनालाई सम्मान गरिएको थियो ।

You might also like

Comments are closed.