चन्द्रागिरिको आइपीओ भर्नेलाई केवलकारमा २५ प्रतिशत छुट

काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडको ११ औं वार्षिक सधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालको सभापतित्वमा सम्पन्न साधारण सभामा कम्पनीको वित्तिय अवस्था, मुख्य उपलब्धि तथा कम्पनीको भावी योजना प्रस्तुत गरिएको थियो ।

साधारण सभाको अवसरमा, चन्द्रागिरि हिल्स लिमिटेडले स्थानीय तथा सर्वसाधारणको लागि आह्वान गरेको साधारण सेयरमा आवेदन दिने सम्पूर्ण आवेदकहरुलाई केवलकार यात्रामा २५ प्रतिशत छुटको व्यवस्था गरेको छ । चन्द्रागिरि हिल्स लिमिटेडको साधारण शेयरमा भएको उल्लेखनीय सहभागिता तथा कम्पनी प्रति देखाएको विश्वास र सबैलाई शेयर पर्ने सम्भावना न्युन रहेको हुँदा सम्पूर्ण आवेदकहरुको सम्मान गर्दै कम्पनीका अध्यक्ष चन्द्र प्रसाद ढकालले यो योजना सार्वजनिक गरिएको जानकारी दिए ।

स्थानीय वासिन्दा तथा सर्वसाधारणका लागि खुल्ला गरिएको शेयरमा आवेदन दिने १२, ५६, ७४६ (बाह्र लाख छपन्न हजार सात सय छयालिस) आवेदकले शेयर भर्दाको कुनै न कुनै प्रमाण छुट सुविधाका लागि टिकट काउन्टरमा देखाउनुपर्नेछ । साथै यो योजना मिति २०७७ माघ ०५ देखि १ बर्ष सम्मको लागि मान्य हुनेछ ।

footwear zone

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल तथा रिर्सोट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

You might also like

Comments are closed.