हरियो काठ कटान गरेको भन्दै समिल सिल

लहान । सामुदायिक वनबाट हरियो काठ कटान गरेको भन्दै डिभिजन वन कार्यालय लहानले यहाँका एक समिललाई सिल गरेको छ ।

सामुदायिक वनभित्रको हरियो साल रुख अवैधरुपमा कटान गरी मिलमा ल्याएर चिरान गरिरहेको पाइएपछि कार्यालयले लहान नगरपालिका–३ स्थित राजकुमार समिललाई सिल गरेको हो ।

डिभिजन वन कार्यालय लहानका रेञ्जर देवेन्द्र पासवानको नेतृत्वमा खटिएको गस्ती टोलीले समिलमा साल जातको हरियो काठ चिरान गरिरहेका अवस्थामा बरामद भएपछि तत्काल समिलमा सिल गरिएको कार्यालयका प्रमुख सुभाषचन्द्र दासले जानकारी दिए ।

footwear zone

अवैध तरिकाबाट वनक्षेत्रभित्रको साल जातको हरियो रुख कटान गरी चिरान गरिरहेको अवस्थामा उक्त समिलबाट वन कर्मचारीको ३६ थान चिरानको ३६ दशमलव ५३ क्यूविफिट काठ बरामद गरेको उनले बताए । सो क्रममा समिल सञ्चालक र कामदार वन कर्मचारीलाई देखेर फरार भएको थियो । सो सालको काठ स्थानीय गोविन्द मुरारी सामुदायिक वनबाट कटान गरी ल्याएको बताइएको छ ।

You might also like

Comments are closed.