नेल्टा अन्नपूर्ण गाउँपालिकामा कविराज पौडेल

 

पोखरा ।कास्कीको अन्नपुर्ण गाँउपालिकामा कविराज पौडेलको अध्यक्षतामा नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ नेल्टाको गाँउपािलकास्तरिय समिति गठन भएको छ । जिल्ला कार्य समिति कास्कीको आयोजना तथा गण्डकी प्रदेशको सहयोगमा समिति गठन भएको हो ।

समतिकिो उपाध्यक्ष गोविन्द कुंवर, सचिव लिलाधर अधिकारी, सह सचिव वुद्धिमाया लुईटेल र कोषाध्यक्ष मधुकर सुवेदी चयन भएका छन् । त्यसैगरि सदस्यहरुमा होमनाथ भण्डारी, श्री होमनाथ अधिकारी, राजेन्द्र पौडेल, हरिलाल डागी, मिलन पौडेल, वलराम सुवेदी, ढाकामोहन अधिकारी, होमनाथ सुवेदी र  बलवहादुर राना चयन भएका छन् ।

footwear zone

नेल्टा कास्कीका अध्यक्ष वसन्त कोईरालाको अध्यक्षतामा अन्नपूर्ण गाँउपालिका कास्कीका अध्यक्ष युवराज कुवंर को प्रमुख आतिथ्यतामा भएको हो । नेपाली काग्रेस कास्कीका प्रवक्ता नविन सिग्देल, केन्द्रिय महासचिव सुरेश कुमार श्रेष्ठ, र गण्डकी प्रदेश पोखराका संयोजक शहदेव पौडेल , नेपाल निजामति कर्मचारी युनियन संघकास्कीका जिल्ला सदस्य वलराम भुगाई, नेल्टा कास्कीका उपाध्यक्ष पुष्पराज अधिकारी, कोषाध्यक्ष गोमा कुमारी, नेल्टा गण्डकी प्रदेशका सदस्य शुशिल वास्तोला, माछापुछ्रे गाउ पालिका स्तरीय समितिका अध्यक्ष वलराम अधिकारी र सचिव सुदिप पराजुली लगायत उपस्थित थिए ।
कार्यक्रमको संचालन नेल्टा कास्कीका सहसचिव प्रकाशरमण अधिकारीले गरेका थिए ।

You might also like

Comments are closed.