कीर्तिपुर नयाँबजारमा मेगा बैंकको शाखा विस्तार

 

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको कीर्तिपुरमा नयाँ शाखा विस्तार गरी संचालनमा ल्याएको छ ।

कीर्तिपुर नगरपालिका ९, नयाँबजारमा बैंकको नयाँ शाखा विस्तार गरिएको हो । बैंकको यो २०७ औं शाखा हो । काठमाडौं उपत्यकामा मेगा बैंकका ४१ शाखा र १६ एक्सटेन्सन काउन्टर छन् ।

footwear zone

उपत्यका र उपत्यकाबाहिर गरी मेगा बैंकका २०७ वटा शाखा कार्यालय, ३४ वटा एक्सटेन्सन काउन्टर, १ सय ४२ वटा एटीएम मेशिन तथा ८९ वटा शाखारहित बैंकिङ केन्द्रहरु छन् ।

You might also like

Comments are closed.