पोखरा । ग्यालेक्सी हस्पिटल प्रा.लि उत्तमचोक र निलगिरी वचत तथा ऋण सहकारी संस्था बिरौटा बिच स्वास्थ्य सेवामा छुट दिने सम्झौता भएको छ ।
सम्झौता अनुसार अब निलगिरी वचत तथा ऋण सहकारी संस्थाका शेयर सदस्यले ग्यालेक्सी हस्पिटलको सेवामा १२ प्रतिशत र फार्मेसीमा ७.५ प्रतिशत छुट पाउने हस्पिटलका प्रबन्ध निर्देशक दिपेन थापाले जानकारी दिए । संझौतापत्रमा हस्पिटलको तर्फबाट मेडिकल डाइरेक्टर डा. ऋषीराम ढकाल र सहकारीको तर्फबाट अध्यक्ष लेखनाथ बरालले हस्ताक्षर गरेका छन् ।
२४ घण्टा बिशेषज्ञ स्वास्थ्य सेवा दिईरहेको हस्पिटलले अनुभवी तथा दक्ष चिकित्सकबाट अत्याधुनिक स्वास्थ्य प्रविधिको प्रयोग गर्दै सबै प्रकारका रोगको उपचार सहितका स्वास्थ्य सेवा प्रदान गरिरहेको छ ।

२५ शैयाबाट सेवा संचालन शुरु गरेको हस्पिटलमा हाल इमरजेन्सी ५ शैया, जनरल वार्डमा १२ शैया, डिलक्स क्याबिन ७, सेमी क्याविन १ (४ शैयाको) आई सि यू ६, पोष्ट अप ३, एन आई सि यु , पि.आई सि यु र वाल तथा नवजात शिसु शैया र आईसोलेशन वार्ड शैया संचालन गर्ने गरि संरचना निर्माण भई अधिकाँस सेवाहरु संचालनमा रहेको ग्यालेक्सी हस्पिटलका अध्यक्ष डा हेमन्त मानन्धरले बताए ।
ग्यालेक्सी हस्पिटलको दोस्रो बार्षिक साधारण सभा सम्पन्न
ग्यालेक्सी हस्पिटल प्रा.लिको दोस्रो बार्षिक साधारण सभा हालै सम्पन्न भएको छ । सभामा गत बर्षको सम्पुर्ण आय व्यय बिबरण माथी छलफल गरी पारित गरिएको थियो ।
अबका दिनमा पनि स्वास्थ्य सेवा लाई समयको माग र आवश्यकता अनुसार थप गुणस्तर बनाउने लक्ष्य अनुरुप र सेवाविस्तार गर्ने योजना अनुसार आगामी बर्षमा मस्तीष्क तथा स्नायु शल्याचिकित्सा सेवा र दन्तरोग तथा मुख शल्याक्रिया सेवालाई विस्तार गरि व्यवस्थीत गरिने सभामा बताइएको छ ।
उपयुक्त स्थानको व्यवस्था गरि सिटि स्क्यानको खरिद तथा व्यवस्थापन गरिने छ । आधुनिक प्रविधियुक्त उपकरणहरु सहित न्युरो आइसियु र अर्थोस्कोपी सेवा सिघ्र संचालन गरिने योजना रहेको अध्यक्ष डा. हेमन्त मानन्धरले बताए । सभामा अध्यक्ष डा. हेमन्त मानन्धर, मेडिकल डाइरेक्टर डा. ऋषिराम ढकाल संचालक रमेश कुमार कर्माचार्य, डा प्रेम राज पंगेनी, प्रबन्ध निर्देशक दिपेन थापा लगायतले बोलेका थिए ।




Comments are closed.