क्रियापुत्री भवन निर्माणका लागि ११ हजार सहयोग

दमौली, ३ साउन ।

व्यास–३ स्थित व्यास गुफा क्षेत्रमा निर्माणाधीन क्रियापुत्री भवनका लागि व्यास–३ पराशर टोल निवासी तारानाथ घिमिरेले ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन् ।

घिमिरेले उक्त रकम क्रियापुत्री भवन निर्माण समितिका अध्यक्ष उपेन्द्र लम्साललाई प्रदान गरेका हुन् । रकम हस्तान्तरण गर्दै घिमिरेले भवन निर्माणका लागि सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे ।

footwear zone

सहयोग रकम ग्रहण गर्दै समितिका अध्यक्ष लम्सालले क्रियापुत्री भवनको निर्माण कार्य सम्पन्न गर्नका लागि समितिले सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरेको उल्लेख गर्दै हालसम्म सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गरे ।

व्यास–३ स्थित व्यास गुफा क्षेत्रको पूर्वतर्फ निर्माणाधीन ८ कोठे उक्त भवन ५० लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न गरिने समितिले जनाएको छ । व्यास नगरपालिकाको ८० प्रतिशत र बाँकी स्थानीय लागत सहभागितामा उक्त भवनको निर्माण कार्य सम्पन्न गरिने बताइएको छ ।

You might also like

Comments are closed.