काठमाडौं । नेपाल हिमालय सीमापार वाणिज्य संघको २१औं साधारणसभा चैत २१ गते हुने भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा गर्ने गरी साधारणसभा घोषणा भएको संस्थाका अध्यक्ष बच्चु पौडेलले आर्थिक आवाजलाई जानकारी दिए ।
साधारणसभाले नयाँ नेतृत्वसमेत चयन गर्नेछ । साधारणसभामा सहभागी हुनका लागि माघ ३० गतेसम्म सदस्यता नवीकरण गर्नुपर्ने संस्थाले निर्णय गरिसकेको छ । संस्थामा १ हजार भन्दा बढी सदस्यहरु आबद्ध रहेको कोषाध्यक्ष केदार थापाले जानकारी दिए ।
सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्ने तयारी भएपनि सहमति नभए मतदानबाट नयाँ कार्यसमिति हुनेछ । प्रज्ञा भवनमा आयोजित साधारणसभामा सर्वसम्मत नेतृत्व चयन नभए भोलिपल्ट मतदान हुनेछ । मतदान कार्यक्रम संस्थाको आफ्नै कार्यालय बुद्धनगरमा हुने बताइएको छ ।

साधारणसभा नजिकिएसँगै सदस्यता नवीकरण लगायतका अन्य तयारी भइरहेको प्रथम उपाध्यक्ष रामहरि कार्कीले बताए ।




Comments are closed.