बुटवल । होटल दा फ्लेमिंगो बुटवलको कार्यकारी सेफमा सूर्यप्रसाद बस्याल नियुक्त भएका छन् । फागुन अन्तिम साताबाट सञ्चालनको तयारीमा रहेको बुटवल क्षेत्रकै उत्कृष्ट होटल दा फ्लेमिंगोले हालै बस्याललाई उक्त पदमा नियुक्त गरेको हो ।
हस्पिटालिटी क्षेत्रमा १५ वर्ष भन्दा बढी समयको अनुभव संगालेका बस्याललाई होटलको कार्यकारी सेफ नियुक्त गर्न पाउँदा खुसी लागेको होटलका महाप्रवन्धक काशीराम अधिकारीले बताए ।
देश तथा विदेशको अनुभवलाई आत्मसात गरी होटल दा फ्लेमिंगोलाई उत्कृष्ट बनाउन र होटलमा आउने पाहुनालाई उत्कृष्ट स्वाद चखाउन आफू र आफ्नो टिम सक्रिय हुने बस्यालले प्रतिबद्धता व्यक्त गरे । आफूलाई विश्वास गरी कार्यकारी सेफको जिम्मेवारी प्रदान गरेकोमा उनले आभार व्यक्त गरे ।

फागुन अन्तिम साताबाट होटल सञ्चालनमा आउने सञ्चालक दिलीप गौचनले जानकारी दिए । होटलमा स्विट, जुनियर स्विट, सुपर डिलक्स र डिलक्स गरी चार क्याटागोरीका ५१ वटा रुम छन् । आान्तरिक तथा बाह्य पर्यटकलाई स्तरीय सेवा प्रदान गर्ने गरी बुटवल क्षेत्रमै उत्कृष्ट होटल सञ्चालनमा ल्याउन पाउँदा आफूहरु उत्साही बनेको उनले बताए ।
र यो पनि




Comments are closed.