जापानीज भाषा पुस्तकालय निर्माणमा पहल गर्दै जालसन

काठमाडौं । जापानीज ल्याङवेज स्कुल एसोसिएसन अफ नेपाल (जालसन) को नवौं साधारणसभा शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै संस्थाका संस्थापक अध्यक्ष सुनिल बज्राचार्यले सदस्य स्कुलहरुले जापानीज भाषा शिक्षालाई थप परिस्कृत एवं गुणस्तरमा थप सुधार गरी जालसानको गरिमालाई उच्च राख्नुपर्ने धारणा राखे । ‘संस्थाले जापानीज भाषा प्रबद्र्धन गर्दै आएको छ,’ उनले भने, ‘निकट भविष्यमा जापान सरकारद्वारा कामदार भिषामा नेपालबाट अरु क्षेत्रमा समेत कामदार लाने प्रकृया शुरु भइरहेको हुँदा जापानीज भाषा कक्षाको महत्व अझै बढेको छ ।’

जालसनका अध्यक्ष झम्कलाल श्रेष्ठले संस्थाले जापानमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि शुरुवातदेखि नै सहजीकरण तथा परामर्श सेवा प्रदान गर्दै आइरहेको बताए । जापानीज ल्याङवेज स्पिच कन्टेष्ट, एजुकेसन फेयर, जापानीज कल्चर प्रमोसन, टिचर वरियन्टेसन लगायतका कार्यक्रम निरन्तर भइरहेको र आगामी दिनमा पनि हुने उनले बताए । ‘निकट भविष्यमा जापान फाउन्डेसनसँग सहकार्य गर्दै जापानीज भाषा पुस्तकालय निर्माणको लागि पहल भइरहेको छ,’ उनले भने ।

कार्यक्रममा बोल्दै जालसान अन्तर्गतको साकुरा प्रोजेक्ट संयोजक शुभद्रा राजभण्डारीले संस्थाको तर्फबाट नक्साल नारायण चौर र गुहेश्वरी नजिक वागमती किनारमा वृक्षरोपण गरिएका बताउँदै साकुराको अवस्थाबारे जानकारी दिइन् । वृक्षरोपण गरिएको विरुवाको संरक्षण गर्नुपर्ने धारणा राखिन् । महासचिव रमेश देवकोटाद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन र कोषाध्यक्ष महेश कुमार श्रेष्ठबाट प्रस्तुत आर्थिक प्रतिवेदन साधारणसभाले सर्वसम्मत पारित गरेको सचिव अरुण पाण्डले जानकारी दिए ।

footwear zone

कार्यक्रमका झलकहरुः

You might also like

Comments are closed.