सुन चोरीको आरोपमा किशोर पक्राउ

पोखरा । सुन चोरीको आरोपमा एक युवा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले २६ वर्षीय किशोर शर्मालाई पक्राउ गरेको हो ।

पर्वत घर भइ हाल पोखरामा बस्दै आएका उनले पोखरा–५ धारापानी मार्ग स्थित डेराकोठा गरी बस्ने गीता भुजेलको कोठाबाट सुन चोरी गरेको कास्की प्रहरीले जनाएको छ ।

ढोकाको ताला तथा कोठाभित्र रहेको दराजको चावी समेत फोरी दराज भित्र रहेका औठी, सिक्री, मंगलशुत्र लगायत विभिन्न गरगहना तथा धनमाल चोरी भएको थियो ।

footwear zone

शर्मालाई पक्राउ चोरी तथा डाँका सम्बन्धि कसुर मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

You might also like

Comments are closed.