पोखरा । पोखराको न्युरोडमा प्रधान कार्यालय रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रा.लि. (युआरएल)ले लमजुङको बेसीशहर नगरपालिका ८ शेराचोकमा शाखा शुभारम्भ गरेको छ । यो शाखा युआरएलको तेस्रो शाखा हो ।
२०७० मंसिर २३ गतेबाट सेवा सुरु गरेको युआरएलले प्रधान कार्यालय पोखरासहित तनहुँको दुलेगौंडा, दमौली शाखाबाट सेवा सुरु गरिसकेको छ ।
शाखा संचालनको अवसरमा माघ १५ देखि फागुन १५ गतेसम्म सम्म मधुमेह र युरिक एसिड रोग सम्बन्धी रक्त परिक्षण निःशुल्क रहेको युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले जानकारी दिए ।






Comments are closed.