आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको आयोजनामा कृषि तथा पशुपंक्षी बीमा अभिकर्ता तालिम

काठमाडौं । बीमा समितिबाट मंसिर १५ गते जारी कृषि तथा पशुपंक्षी बीमा निर्देशिका, २०७७ बमोजिम आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको आयोजनामा माघ ११ देखि १४ गते सम्म कृषि तथा पशुपंक्षी बीमा अभिकर्ताको तालिम सम्पन्न भएको छ ।

कृषि तथा पशुपंक्षी बीमा अभिकर्ताका रुपमा कम्पनीसँग आवद्ध भई कार्य गर्न इच्छुक व्यक्तिहरुको लागि कृषि तथा पशुपंक्षी बीमा अभिकर्ताको तालिम गरेको लिमिटेडले नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीजानकारी दिए ।

तालिम पश्चात कम्पनीसँग आवद्ध भई कार्य गर्ने बीमा अभिकर्ताहरुले कम्पनी र ग्राहकहरु बीच आफ्नो योग्यता तथा कम्पनीबाट प्राप्त ज्ञानको आधारमा बीमा कम्पनी र ग्राहकहरुको बीचमा राम्रो भूमिका खेली सेतुको रुपमा काम गर्ने अपेक्षा कम्पनीले लिएको छ ।

footwear zone

तालिममा देश भरका ८० जनाको उत्सहाजनक सहभागिता थियो । बीमा समितिले निर्देशन गरे बमोजिम कृषि तथा पशुपंक्षी बीमामा उल्लेख रुपमा वृद्धि भई ग्राहकले सहज रुपमा बीमा सेवा प्राप्त गर्ने अपेक्षा कम्पनीले लिएको छ ।

You might also like

Comments are closed.