बुटवल । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को टोली बुटवलमा आइपुगेको छ । नाडा र लुम्बिनी अटोमोबाइल्स एसोसिएसन अफ नेपालको संयुक्त कार्यक्रममा सहभागी हुन टोली लुम्बिनी आइपुगेको हो ।
नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा लुम्बिनी आइपुगेको टोलीलाई भैरहवा विमानस्थलमा लुम्बिनी अटोमोबाइल एसोसिएसनका अध्यक्ष गणेश भट्टराई लगायतले यहाँ स्वागत गरेका छन् ।
टोलीमा नाडाका महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, कोषाध्यक्ष सुरेन्द्र कुमार उप्रेती, विधान संशोधन समितिका सदस्य देवराज भण्डारी, ट्रेनर सिए साहिल अग्रवाल लगायत सहभागी छन् ।

लुम्बिनीमा शुक्रबार र शनिबार अटो व्यवसायीहरुका कर, भन्सार, भिसिटिएस सम्बन्धी तालिम, अन्तरक्रिया, छलफल लगायत विविध कार्यक्रम हुनेछन् ।







Comments are closed.