फुजी स्याउप्रति किसानको आकर्षण

खलंगा । पछिल्लो समयमा यहाँका किसान विदेशी फुजी स्याउप्रति आकर्षित भएका छन् । जिल्लामै उत्पादन हुने अर्गानिक जुम्ली स्याउ भन्दा फुजी स्याउले राम्रो प्रतिफल दिने भएपछि जिल्लाका स्याउ किसान फुजी स्याउप्रति आकर्षण भएको जुम्ला एग्रो फर्मका सञ्चालक रेश्मा श्रेष्ठले जानकारी दिईन् ।

जिल्लामा फुजी स्याउखेती सफल भएसँगै जुम्ली एग्रो फर्म र हाम्रो सहकारी प्रालिले चार वर्षअघि १० वर्षका लागि चन्दननाथ मन्दिरको २० हजार वर्गमिटर क्षेत्रफल जग्गा भाडामा लिएर स्याउखेती शुरु गरेको थियो । शुरुआतमा ‘फुजी, गोल्डेन डेलिसियस, रेड चिप, गाला र जोर्डन गरी पाँच प्रकारका स्याउ लगाइएको उनले जानकारी दिइन् ।
जिल्लामा इटालियन फुजी जातको स्याउखेती शुरु भएको चार–पाँच वर्ष भयो । फुजीखेती जुम्लामा सफल भएपछि स्थानीय किसान फुजी जातको स्याउखेतीमै आकर्षित भएको प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना कार्यन्वयन इकाइ स्याउ सुपर जोन कार्यालयका कार्यालय प्रमुख नवराज भण्डारीले बताए ।

यस वर्ष जिल्लाको गुठीचौर गाउँपालिकाको गुठीचौर एग्रो फर्मले एक लाख ५० हजार वर्गमिटरमा ३० देखि ४० हजार फुजी स्याउको बिरुवा रोप्ने तयारी गरेको उनले जानकारी दिए । उनले भने,“तातोपानी गाउँपालिकाको हियाखोला गाउँका १ लाख ३० हजार वर्गमिटर क्षेत्रफलमा चार हजार फुजी जातको स्याउका बिरुवा रोप्ने तयारी रहेको छ । ”

footwear zone

स्याउखेतीमा कृषि कार्यालय र स्याउ सुपर जोनले बिरुवा र साना सिँचाइ घेरबारमा कार्यालयबाट किसानलाई अनुदान दिने स्याउ सुजरजोन कार्यालयले जनाएको छ । फुजी स्याउ प्रतिबिरुवा एक हजार, स्थानीय जातको स्याउको प्रतिबिरुवा ७० रुपैयाँ र ओखर प्रतिबिरुवा सात सय जिल्ला दररेट कायम गरेको छ । जिल्ला दररेट अनुसार किसानले प्रति बिरुवामा ५० प्रतिशत अनुदान प्राप्त गरेको परियोजनाले जनाएको छ ।

गुठीचौर एग्रो फर्मका सञ्चालक केसीबहादुर भण्डारीका अनुसार झण्डै १३ करोड लगानीमा फुजी जातको स्याउखेती गर्ने योजना रहेका जानकारी दिए। स्थानीयको जग्गामा २० वर्ष भाडामा लिएर फुजी स्याउखेती गर्न थालिएको उनले बताए। उनले भने,“स्याउखेतीका लागि भिरालो जमीन भन्दा समथरफाँट आवश्यक पर्ने भएकाले ५० प्रतिशत जमीन समथर बनाएको छ ।”

घेरबारको काम ८० प्रतिशत सम्पन्न भएको छ । फागुन–चैतमा सबै सम्पन्न गरी ३० देखि ४० हजार फुजी स्याउका बिरुवा रोप्ने तयारी अवस्थामा रहेको एग्रोफर्मका सञ्चालक भण्डारीले बताए। फुजी स्याउबाट आकर्षक आम्दानी भएपछि युवालाई पनि स्वरोजगार बनाउने उद्देश्यका साथ परियोजना सञ्चालन गर्न थालिएको एग्रोफर्मका सञ्चालक भण्डारीले बताए ।

जिल्लाभर ११० वटा नर्सरीमध्ये ७५ नर्सरीले सक्रिय रूपमा स्याउका बिरुवा उत्पादन गरिएको सो परियोजनाले जनाएको छ । स्थानीय जातको स्याउका बिरुवा जिल्लामा सात लाख बिरुवा उत्पादन भए पनि स्याउ सुपरजोनको मापदण्डअनुसार ५० प्रतिशत बिरुवा काम नलाग्ने गुणस्तरहीन भेटिएको सुपरजोनका प्रमुख उनले जानकारी दिए ।

उनले भने,“गुणस्तरहीन बिरुवाले पाँच वर्षपछि किसानलाई घाटा हुने र किसान सचेत हुन आवश्यक छ  ।” जिल्लाभर चार हजार ८०० हेक्टरमा स्याउखेती थालिएकामा एक हजार ५०० हेक्टरका स्याउले फल दिन शुरु गरेको कृषि विकास कार्यालयले जनाएको छ ।

You might also like

Comments are closed.