काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा झिनो गिरावट देखिएको छ । मंगलबारका तुलनामा बुधबार तोलामा नै रु ७०० ले घटेको सुन बिहीबार भने तोलामा रु १०० ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाला सुन तोलामा रु ९२ हजार मूल्य निर्धारण भएको छ । छापावाला सुन बुधबार तोलामा रु ९२ हजार १०० मा कारोवार भएको थियो ।
तेजाबी सुन तोलामा रु ९१ हजार ५०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । तेजाबी सुन बुधबार तोलामा रु ९१ हजार ६०० मा कारोवार भएको थियो । चाँदी तोलामा रु पाँचले घटेको छ ।

बुधबार रु एक हजार २५० मा कारोवार भएको चाँदी आज भने प्रतितोला रु एक हजार २४५ मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ ।




Comments are closed.