पोखरा । युवा उद्यमी मञ्च पोखराले (एनवाईर्ईएफ) पोखरा उद्योग वाणिज्य संघको नव निर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गरेको छ । मञ्चले एक औपचारिक कार्यक्रम गरि संघका नवनिर्वाचित कार्यसमितिलाई बधाईसहित सफल कार्यकालको शुभकामना व्यक्त गरेको हो ।
बुधबार आयोजित कार्यक्रममा एनवाईईएफका अध्यक्ष पुनित वैद्यसहितको टोलीले संघका नवनिर्वाचित अध्यक्ष नारायण कोइराला, बरिष्ठ उपाध्यक्ष पवनकुमार प्रजापति, उद्योगतर्फका उपाध्यक्ष गोकर्ण कार्की, वाणिज्यतर्फका उपाध्यक्ष अर्जुन पोखरेल, महासचिव सुरेन्द्रमान बिजुक्छेलगायत सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई खादा, माला र अवीर लगाएर बधाई ज्ञापन गरेको एनवाईईएफका विष्णु तिमिल्सिनाले जानकारी दिए ।

कार्यक्रममा एनवाईईएफका अध्यक्ष पुनित वैद्य तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालालगायतका वक्ताहरुले एनवाईईएफ र पोखरा उद्योग वाणिज्य संघबीच सहकार्य गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए । त्यसो गरेमा मात्र युवा उद्यमी जन्माउन सकिने उनीहरुको भनाई थियो ।




Comments are closed.