वायुसेवा निगमका कर्मचारीले राष्ट्रिय वाणिज्य बैंकबाट बिना धितो सरल कर्जा पाउने

काठमाडौं । नेपाल वायुसेवा निगम र राष्ट्रिय वाणिज्य बैंकबीच कर्मचारी सरल कर्जा कार्यविधि २०७७ सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । निगमका महाप्रवन्धक डिमप्रसाद पौडेल र बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बिहीबार एक कार्यक्रमबीच उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

निर्धारित सेवा अवधि पुरा गरेका कर्मचारीले बैंकबाट सरल कर्जा प्राप्त गर्नसक्ने गरी सम्झौता गरिएको पौडेलले जानकारी दिए । तलबी बचत खाता सञ्चालनमा रहेका र निगममा ५ वर्ष सेवा अवधि पुरा गरेका स्थायी कर्मचारीले अब निगमको सिफारिसमा बिना धितो सरल कर्जा उपयोग गर्न पाउनेछन् ।

सेवा अवधि ३ वर्ष भन्दा कम भएका कर्मचारीलाई कर्जा प्रवाह सम्बन्धी विधि बैंकले तोके बमोजिम नै हुनेछ । निगमको सिफारिसमा १५ लाख रुपैयाँसम्मको सरल कर्जा कर्मचारीले प्राप्त गर्न सक्नेछन् ।

footwear zone

You might also like

Comments are closed.