अर्थतन्त्रको मेरुदण्ड अटोमोबाइल्सलाई हेर्ने सरकारी दृष्टिकोणमा परिवर्तन आएनः दुलाल

बुटवल ।  अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)का केन्द्रीय अध्यक्ष कृष्णप्रसाद दुलालले अटोमोबाइल्स व्यवसाय नेपालको आर्थिक क्षेत्रको मेरुदण्ड भएको बताएका छन् । नाडा र लुम्बिनी अटोमोबाइल्स एसोसिएसन अफ नेपालको संयुक्त आयोजनामा बुटवलमा भन्सार, भिसिटिएस तथा कर सम्बन्धी तालिममा बोल्दै अध्यक्ष दुलालले अटोमोबाइल्स क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएपनि सरकारी दृष्टिकोणमा परिवर्तन आउन नसकेको भन्दै दुःख व्यक्त गरे ।

‘सबैभन्दा बढी पारदर्शिता कायम भएको व्यवसाय पनि अटोमोबाइल्स हो,’ उनले भने, ‘सर्वाधिक कर तिर्ने अटोमोबाइल्स व्यवसायबाट १६ लाख जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् । कोरोना महामारीका कारण व्यवसायीहरु मर्कामा परेको बताउँदै उनले पछिल्लो समयमा व्यवसायमा क्रमिक सुधार आइरहेको उनले बताए । ‘कोरोना महामारीपछि आम सर्वसाधरणले आफ्नै सवारी प्रयोग गर्ने क्रम सुरु भएसँगै व्यवसायमा पनि सुधार आइरहेको छ,’ उनले भने ।

नाडाले देशभर सातै प्रदेशमा प्रशिक्षण लगायतका कार्यक्रम गर्दै आइरहेको अध्यक्ष दुलालले बताए । ‘हाम्रा कार्यक्रमलाई राजधानीमा मात्रै सीमित नराखी प्रदेशस्तरमा पनि गरिरहेका छौं,’ उनले भने, ‘व्यवसायीहरुको क्षमता अभिबृद्धि तथा सरसम्बन्धी समस्या समाधान गर्न तालिम, अन्तरक्रिया लगायतका कार्यक्रम प्रभावकारी बनेका छन् ।’ यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने उनले जानकारी दिए ।

footwear zone

लुम्बिनी अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष गणेशप्रसाद भट्टराईको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन नाडाका महासचिव सुनिल रिजालले सञ्चालन गरेका थिए ।

कार्यक्रमममा नाडाका सचिव अनुप बराल, कोषाध्यक्ष सुरेन्द्र कुमार उप्रेती, सहकोषाध्यक्ष बिक्रम सिंहानिया, लुम्बिनी अटोमोबाइल्स एसोसिएसनका वरिष्ठ उपाध्यक्ष सन्तोष पाण्डे, उपाध्यक्ष विजयकुमार गुप्ता, महासचिव रोशन पाण्डे, सचिव रामप्रसाद बेलबासे, कोषाध्यक्ष कृष्णप्रसाद भण्डारी, ट्रेनर सिए साहिल अग्रवाल लगायत सहभागी छन् ।

You might also like

Comments are closed.