विक्रेताको कमिशन वृद्धि

काठमाडौं । नेपाल आयल निगम र नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनबीच निगमका अधिकृत विक्रेताले पाउँदै आएको कमिशन वृद्धि गर्ने सहमति भएको छ । निगममा केन्द्रीय कार्यालयमा शनिबार भएको छलफलमा दुई पक्षबीच कमिशन वृद्धि गर्ने सहमति भएको हो ।

निगम सञ्चालक समितिको निर्णयअनुसार अधिकृत विक्रेताले साविकमा पाइरहेको पेट्रोलको कमिशन तीन प्रतिशत र डिजलको कमिशन २.६५५ मा क्रमशः ०.३९५५ र ०.४७५ ले वृद्धि गरी पेट्रोलमा ३.३९५५ र डिजलमा ३.१२५ पु¥याउने निर्णय गरेको थियो । दुई पक्षबीच निगम सञ्चालक समितिको निर्णयअनुसार कमिशन लागू गर्ने सहमति गरिएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

कमिशन वृद्धि गर्दा हुने मूल्य समायोजनअनुसार पेट्रोल र डिजलमा प्रतिलिटर औसत ३६ पैसाले थप हुनेछ । पेट्रोल र डिजलमा दिइआएको क्रमशः १० लिटर प्रति चार किलोलिटर र तीन लिटर प्रति चार किलोलिटर जर्ती हाललाई स्थगन गरिएको निगमले जनाएको छ ।

footwear zone

साथै निगमले विक्रेताको प्राविधिक नोक्सानीको विस्तृत अध्ययन गर्न काठमाडौं विश्वविद्यालयको प्राविधिक विज्ञतालाई अनुरोध गरेको र सो कार्यलाई अघि बढाउन नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक एवं निगम सञ्चालक समितिका सदस्यले संयोजकत्व गर्ने गरी नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनका दुई प्रतिनिधि एवं निगमका तर्फबाट समेत वरिष्ठ पदाधिकारी सदस्य रहने गरी एक उच्चस्तरीय कमिटी गठन गर्ने सहमति पनि भएको छ ।

निगमको पेट्रोलियम पदार्थ विक्रेता विनियमावली, २०७५ को संशोधनका लागि एशोसिएशनका प्रतिनिधिसमेत रहने गरी विनियमावली संशोधन कमिटी गठन गर्ने र निगमको डिपोदेखि विक्रेताको पेट्रोलपम्पसम्म ट्याङ्कर लकिङलाई थप प्रभावकारी बनाउन आधुनिक लकिङ जडान गर्ने सहमतिसमेत भएको छ ।

You might also like

Comments are closed.