काठमाडौं । इलेक्ट्रिक ब्राण्डको विश्व प्रशिद्ध स्कुटर न्यु NIU को लागि नेपालको आधिकारिक बिक्रेता इको इफिनिटी प्रालिले नयाँ मोडल नेपाली बजारमा भित्र्याउने तयारी गरेको छ । कम्पनीले न्यु एमक्युआई प्लस (NIU MQi+) लार्ई नेपाली बजारमा भित्र्याउन लागेको हो ।
ल्क्ष्ग् ःत्तष्ंलाई नेपाली बजारमा फागुनमा लन्च गर्ने कम्पनीको तयारी छ । NIU MQi+ को नेपाल आगमनले इलेक्ट्रिक स्कुटरको बजारमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ । द्रुत गतिमा चार्ज गर्न सकिने यो स्कुटर नयाँ डिजाइनमा बजारमा आउँदैछ । यो स्कुटर ६० देखि ७५ किमीको रेन्जमा चल्ने बताइएको छ । रेड, ह्वाइट, ब्ल्याक, ग्रे र ब्ल्यु गरी ५ वटा कलरमा स्कुटर बजारमा आउनेछ ।
नेपाली बजारमा बिगत साढे ३ वर्षदेखि ल्क्ष्ग् ब्राण्डका इलेक्ट्रिक स्कुटर बिक्री भइरहेका छन् । कम्पनीको आफ्नै शोरुम काठमाडौंको दरबारमार्ग र पोखराको नयाँबजारमा छ । बुटवल, चितवन र बिर्तामोडमा डिलर नेटवर्क विस्तार गरी कम्पनीले NIU ब्राण्डको इलेक्ट्रिक स्कुटर नेपाली बजारमा बिक्री गरिरहेको छ ।

यो स्कुटरको प्रयोगबाट वातावरण र पैसा मात्र नभएर पेट्रोलका लागि लाइनमा बस्ने समय पनि बचत हुन्छ । यो ब्राण्डमा भएको पावरफुल टर्कले ट्राफिक जाम कम गर्न मद्दत गरिरहेको कम्पनीको दावी छ । नेपालमा पहिलो नम्बर प्लेट प्राप्त विद्युतीय स्कुटर पनि NIU हो । ग्राहकको सुविधा लागि ‘क’ वर्गका बैंकहरुबाट सहज, सरल तथा न्युनतम ब्याजदरमा फाइनान्स सुविधा उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

जर्मन कम्पनीद्वारा उत्पादित BOSCH को मोटर र जापानी कम्पनीद्वारा उत्पादित Lithium Ion PANASONIC ब्याट्री भएको न्यु स्कुटरप्रति नेपाली ग्राहकको आकर्षण देखिएको कम्पनीले जनाएको छ ।
NIU MQi+ का केही फिचरहरु यस्ता छन्ः
Motor: 1200W
Battery: 48V31AH
Continuous Power: 1400W
Energy use per charge: 1488W
Battery Type: Lithium-Ion
Range: 60-75Km
Top Speed: 45 Kmph
Charging Time: 7 hours
Tyres: 90/90-10 (Front) / 90/90-17 (Rear) – Disc
Tubeless Tyres: Yes
Braking Type: Regenerative Braking
Weight: 72 Kg
Colours: Red, White, Black, Grey, and Blue





Comments are closed.