देशका मुख्य १२ शहरमा ‘रोड सो’ गर्दै एएइसी ग्लोबल

काठमाडौं । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गरी एएइसी ग्लोबलले देशभरका मुख्य शहरहरुका कार्यक्रम गर्ने भएको छ । फेब्रुअरी १४ देखि २८ सम्म ‘एएइसी ग्लोबल जर्नी टु अबरोड स्टडी ग्राण्ड रोड सो’ कार्यक्रम गर्न लागिएकोे डाइरेक्टर केशव सिंखडाले जानकारी दिए ।

पश्चिम नेपालको धनगढीबाट कार्यक्रम सुरु हुनेछ । क्रमशः नेपालगञ्ज, दाङ, बुटवल, चितवन, हेटौंडा, विरगन्ज, विराटनगर, इटहरि, विर्तामोड, काठमाडौं र पोखरामा गएर समापन हुने उनले जानकारी दिए । हरेक शहरमा एक दिनको सेमिनार हुनेछ । ‘उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया, युएसए, क्यानडा र युके जान चाहने विद्यार्थीलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको हो,’ सिंखडाले भने, ‘प्रत्येक शहरमा हुने सेमिनारमा विदेशस्थित प्रतिष्ठिन युनिभर्सिटीका प्रतिनिधिहरुको प्रत्यक्ष सहभागिता रहेनेछ ।’

विद्यार्थीले आफ्नो डकुमेन्ट लिएर आएको खण्डमा अफर लेटरका लागि रोड सो कार्यक्रमकै अवसरमा आवेदन बुझाउन सक्नेछन् । ‘कार्यक्रममा उपस्थिति विद्यार्थी तथा अभिभावकलाई विदेशमा उच्च शिक्षा अध्ययनका लागि आवश्यक सम्पूर्ण जानकारी गराउनेछौं,’ उनले भने । कोभिड महामारी पछि परिवर्तन भएको भिसा पोलिसी, विदेशमा पढाई हुने शिक्षा, कलेज तथा विश्वविद्यालयको छनोट गर्दा ख्याल गर्नुपर्ने कुराहरु, शिक्षासँगै प्राप्त हुने अन्य अवसरहरु, छात्रबृत्ती लगायत विविध विषयमा कार्यक्रममा परामर्श दिइनेछ ।

footwear zone

बिगत ६ वर्षदेखि परामर्श सेवा प्रदान गर्दै आइरहेको एएइसी ग्लोबलको प्रधान कार्यालय काठमाडौंको पुतलीसडकमा छ । काठमाडौंको बागबजार, चितवनको नारायणगढ, पर्साको खैरहनीमा शाखाहरु छन् ।

नेपाल बाहिर बेलायतको लण्डन, अष्ट्रेलियाको सिड्नी, अमेरिकाको भर्जिनिया, श्रीलंकाको कोलम्बोमा शाखाहरु छन् । सबै शाखामा गरी २५ जना भन्दा बढी काउन्सिलर र ५० जना भन्दा बढी कर्मचारी आबद्ध छन् । विद्यार्थीको गन्तव्य, उद्देश्य, आर्थिक अवस्था र भविष्यलाई मध्यनजर गरी एएइसी ग्लोबलले सही परामर्श सेवा प्रदान गरिरहेको सिंखडाले बताए । ‘नेपालबाट विदेशमा विद्यार्थी गइसकेपछि त्यहाँ पनि आवश्यक सहयोग हामीले गर्दै आइरहेका छौं,’ सिंखडाले भने ।

You might also like

Comments are closed.