माइक्रोसफ्ट अफिस स्पेसलिस्ट वल्ड च्याम्पियनसीप-२०२१ को तयारी पुरा

काठमाडौं । २०औं माइक्रोसफ्ट अफिस स्पेसलिस्ट वल्ड च्याम्पियनसीप(२०२१ को जिल्ला स्तरिय प्रतियोगीताको लागी सम्पुर्ण तयारी पुरा भएको छ ।

माइक्रोसफ्ट अफिस स्पेसलिस्ट वल्ड च्याम्पियनसीपको नेपालको लागी राष्ट्रिय पार्टनर, दिप आईटी एण्ड एजुकेसनल कन्सल्टेन्सी तथा दीप कम्प्युटर इन्ष्ट्रिच्युट का संञ्चालक दिनेश लामिछानेले शुक्रवार पोखरामा आयोजित पत्रकार संम्मेलनमा प्रतियोगीताको रजिष्ट्रेशन नेपालभर चलिरहेको र जिल्ला स्तरको प्रतियोगीताको लागी सम्बन्धित जिल्ला पार्टनरहरुलाई आवश्यक व्यवस्थापन संम्बन्धित तालिम दिईसकेको र सञ्चालन सम्बन्धी सबै तयारी पुरा भएको बताए ।

माइक्रोसफ्ट अफिस स्पेशलिस्ट वल्ड च्याम्पियनसीप एक ग्लोबल कम्पीटिसन हो । जसले विद्यार्थीको माइक्रोसफ्ट अफिस वर्ड, एक्सल र पावरपोइन्टमा सीप परीक्षण गर्दछ । साथै विद्यार्थीलाई माईक्रोसफ्ट सर्टिफिकेशन उपलब्ध गराउँदछ । माईक्रोसफ्ट सर्टीफिकेशन एक अन्तराष्ट्रिय प्रमाण पत्र हो ।

footwear zone

कम्प्युटर बिषय लिएर पढेका र कम्प्युटरमा रुचि राख्ने विद्यार्थीलाई मात्र नभइ, जुनसुकै बिषय र कुनैपनि विषयबस्तुमा रुचि राख्ने विद्यार्थीहरुको लागी उपयुक्त रहेको र सम्पुर्ण विद्यार्थीहरुलाई यस प्रतियोगीतामा सहभागी हुन लामिछानेले आग्रह गरे ।

प्रदेश नं १ बाट ६, प्रदेश नं २ बाट ८, बाग्मती प्रदेशबाट ८ गण्डकी प्रदेशबाट ९, लुम्बिनी प्रदेशबाट ७, कर्णाली प्रदेशबाट ३ र सुदुरपश्चिम प्रदेशबाट ३ जिल्लाको प्रतियोगितामा सहभागिता हुने निश्चित भएको र निश्वित नभएको जिल्लाहरुमा पनि सुचना प्रविधिको क्षेत्रमा कार्य गरेका संस्थाहरु खोजि कार्य जारी रहेको कन्सल्टेन्सिका अर्का सञ्चालक दिपेन्द्र लामिछानेले जानकारी दिए । प्रतियोगितालाई प्रभावकारी बनाउन कन्सल्टेन्सीले प्रत्येक प्रदेशमा संस्थाका जिल्ला पार्टनर मिट सम्पन्न गरिसकेको छ ।

विद्यार्थी सहभागी गराइने
विद्यालय तथा कलेज तहका १३ बर्ष देखी २२ बर्ष उमेर समुहका विद्यार्थीहरु प्रतियोगीतामा सहभागी हुन सक्दछन् । यो एक विश्वकै सुचना प्रविधीको क्षेत्रको ठुलो कम्पिटेशन हो, जस्मा विश्वका १३५ भन्दा बढी राष्ट्रहरु सहभागी हुने गर्दछन् । माईक्रोसफ्ट अफिस, माईक्रोसफ्ट कम्पनीले निर्माण गरेको सफ्टवयर हो ।

दीप कम्प्युटर इन्ष्ट्रिच्युटले विभिन्न क्षेत्रका जनशक्तिको आवश्यकता पुरा गर्ने उदेश्यले ६० भन्दा बढी कम्प्युटर तथा अन्य कोर्षहरु साथै माईक्रोसफ्ट, एडब, एप्पल, ईसी काउन्सिल आदिको अन्तराष्ट्रिय प्रमाणपत्रका कोर्षहरु समेत सञ्चालन गर्दै आइरहेको बताईएको छ ।

प्रतियोगितामा जिल्ला स्तरीय, राष्ट्रिय र अन्तराष्ट्रिय गरी तीन तह रहेको छ भने छ ओटा बिधामा प्रतिस्पर्धा हुनेछ । प्रत्येक जिल्लाबाट विधागत ६ जना बिजेताले नेशनल च्याम्पियनसीपमा प्रतिनिधित्व गर्न पाउने छन् । जिल्ला स्तरको परीक्षा सफल गरेकाबाट छानिएका जिल्ला स्तरीय विजेताहरु नेशनल च्याम्पियनसीपका लागि पोखरा जानेछन् । पोखरामा सहभागी जिल्लाबाट आएका बिजेताहरु बीच प्रतिस्पर्धा हुनेछ । जसबाट प्रत्येक विधाका बिजेता ६ जना विद्यार्थी राष्ट्रिय विजेता हुनेछन् । राष्ट्रिय बिजेता नै वल्ड च्याम्पियनसीपमा नेपालको प्रतिनिधित्व गर्दै अमेरीकाको ओर्लान्डो, फ्लोरिडा जाने छन् ।

प्रधानाध्यापक तथा कम्प्युटर शिक्षक प्रशिक्षणात्मक कार्यक्रम

दीप आईटी एण्ड एजुकेसनल कन्सल्टेन्सी तथा दीप कम्प्युटर इन्ष्ट्रिच्युटको आयोजना, जिल्ला समन्वय समिति(कास्की, निजी तथा आवासिय विद्यालय एशोसिएशन नेपाल (प्याब्सन)कास्की, राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसिएशन नेपाल (एन् प्याब्सन)कास्की र संस्थागत तथा निजी विद्यालय संगठन (युनिप्स), कास्कीको समन्वयमा माइक्रोसफ्ट अफिस स्पेसलिस्ट वल्ड च्याम्पियनसीप(२०२१ को बिषयमा प्रधानाध्यापक तथा कम्प्युटर शिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

विद्यार्थी तथा शिक्षकहरुलाई सुचना प्रविधीको महत्व, दैनिक कार्यमा बढी मात्रामा प्रयोग हुने माईक्रोसफ्ट अफिस, एडभ फोटोसप, प्रोगामिङ्ग आदिको महत्व का साथै माइक्रोसफ्ट अफिस स्पेसलिस्ट वल्ड च्याम्पियनसीप(२०२१ को बिषयमा प्रधानाध्यापक तथा कम्प्युटर शिक्षकलाई, दीप आईटी एण्ड एजुकेसनल कन्सल्टेन्सी तथा दीप कम्प्युटर इन्ष्ट्रिच्युटका संचालक दिनेश लामिछानेले प्रशिक्षण दिएका थिए ।

You might also like

Comments are closed.